कम्पनी भारतमा, ठगी नेपालमाः नेटवर्किङमा फसाइँदै सयौं युवा

काठमाडौं । रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए । काकाका छोरा दुर्गा्सिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न बोलाएपछि भारतको गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्के्टिङ प्रालिमा पुर्याए । त्यहाँ उनले ‘मल्टिलेभल मार्के्टिङ’ गर्न ८ हजार भारु तिरेर एक साताको तालिम लिए र भारु १ लाख रुपैयाँ बराबरको औषधि बोकेर फर्किए । त्यसपछि उनको काम भयो, औषधि गाउँगाउँमा बेच्ने र उक्त...

अब पाइपलाइनबाट पेट्रोलियम पदार्थ

काठमाडौं । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्राविधिकले मंगलबार पाइपमा पानी पठाएर गरेको परीक्षण पनि सफल भएको छ । आयल निगम रक्सौल–अमलेखगन्ज पाइपलाइन परियोजना प्रवन्धक प्रदीप यादवका अनुसार पाइपमा पानीको प्रेसर पठाएर गरिएको परीक्षण सफल भएको हो । पाइप फुट्ने जोखिम भएकाले गुणस्तर परीक्षण गर्न प्रेसर जाँच गरिएको...

३३ किलो सुन प्रकरणमा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस

काठमाडौं । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ । उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च अदालत विराटनगरका तत्कालीन पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ । ‘प्रतिवेदनको पोको खोलियो । अध्ययन गर्दा दुई जनाको अवस्था गम्भीर खालकै छ । तीन जनालाई स्पष्टीकरण सोधेर केही...

गैंडा धमाधम मर्न थाले, कारणले अझै पत्ता लागेन

काठमाडौं । चालू वर्ष चोरी सिकारीबाट एउटा पनि गैंडा मरेका छैनन् । तर, प्राकृतिक कारणले ४३ वटा मरेका छन् । झन्डै एक वर्ष अवधिमा प्राकृतिक र अन्य कारणले ४५ गैंडा मरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठले बताए । ‘धेरै संख्यामा गैंडा मरेपछि विभिन्न अध्ययन गर्दै आएका छौं’, उपसचिव श्रेष्ठले भने, ‘के कारणले मरेको हो भनेर यकिन...

जापानमा अध्यायनरत विद्यार्थीहरुलाई लक्षित, छात्रवृत्ती आवेदनको समय थप, अव जुलाई १ सम्म आवेदन दिन सकिने

टोकियो । गैरआवासीय नेपाली संघ जापान र IHNO को सहकार्यमा १०० जना नेपाली विद्यार्थीहरुलाई दिईने छात्रवृत्तीको लागि आवेदन दिने समय थप गरिएको छ । एनआरएनए जापानका महासचिव बुद्दीराज घिमिरेका अनुसार, नागोयामा आयोजना भएको नेपाल फेस्टिवलमा उपस्थित बिधार्थीहरुको अनुरोधलाई मध्यनजर गर्दै जुलाई १ तारिक सम्मको लागि आवेदन दिने समय थप गरिएको हो ।  जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको संख्या उल्लेख्य मात्रामा...

जापानको नागोयामा प्रथम नेपाल फेस्टिभल भव्यरुपमा सम्पन्न(फोटो सहित)

नागोया । जापानको नागोयामा पहिलो पटक आयोजना गरेको नेपाल फेष्टिवल सम्पन्न भएको छ । फेस्टिवल शनिबार र आइतबार नागोयाको साकयास्थित हिसियादोहोरी पार्कमा सम्पन्न भएको हो । नेपाल भ्रमण बर्ष २०२० नजिकिदै गर्दा नेपाली कला संस्कृति तथा मौलिक पहिचान झल्कउदै जापानीहरुमा नेपालको पर्यटन प्रबर्दन गर्ने उद्देश्यले आयोजना गरेको आयोजकले बताए । फेष्टिवलमा २ तलाको नेपाली बाटुले घर मुख्य आकर्षणका रुपमा राखिएको थियो...

युरोप भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली

काठमाडौं । युरोपका तीन देशको भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । जेठ २५ गते युरोप हिँडेका ओली बेलायत, फ्रान्स र स्वीट्जरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किएका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्रीले विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै बेलायतका राजकुरमार र प्रधानमन्त्रीसँग भेटघाट गरेका थिए । ...

न्युरोडमा सुरु भयो स्मार्ट पार्किङ

काठमाडौं । काठमाडौंको न्युरोडमा आजदेखि स्मार्ट पार्किङ सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा न्यूरोडका पाँच स्थानमा स्मार्ट पार्किङ सुरु गरेको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्मार्ट पार्किङ सेवाको उद्घाटन गर्दै स्थानीयले सडक व्यवस्थित गर्न आग्रह गरेपछि सेवा सुरु गरिएको बताए । सडकमा पार्किङ गर्ने प्रवृत्ति महानगरपालिकाको समस्याको रुपमा रहेको उल्लेख गर्दै उनले यो सेवाबाट...

सातै प्रदेशको बजेट घोषणा आज, कुन प्रदेशको बजेट कति ?

काठमाडौं । देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६÷७७ को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले दोस्रोपटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेका हुन् । प्रदेश सरकारहरुले आ–आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । खासगरी...

यस्तो पनि ! दलित समुदाय हिँड्ने बाटोमा पाँच फिटको पर्खाल

सिरहा । मिर्चैया–सिरहा सहायक सडकसँगै जोडिएको सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरी गाउँका १३ घरधुरी दलित परिवार हिँड्दै आएको बाटोमा लागेको पर्खाल अझै खुलेको छैन । दलित बस्तै जोड्ने गाउँ ब्लकमा पर्ने बाटोको मुखैमा छिमेकीले दुई महिनाअघि लगाएको पर्खालका कारण दलित समुदाय समस्यामा परेका छन् । बाटोमा लगाइएको पाँच फिट अग्लो इँटा र सिमेन्टको पर्खाल नहटाउँदा आफूहरु समस्यामा परेको स्थानीय जोगी मण्डलले बताए...