कृष्ण बजगाँईको ‘दाइबुचु’ जापानमा लोकार्पण

टोकियो । बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको जापानसम्बन्धी  नियात्रासङ्ग्रह ‘दाइबुचु’ आईतबार टोकियोमा विमोचन गरिएको छ । ‘दाईबुचु’, आईतबार टोकियोको, सिनओकुबोमा आयोजित,  एक समारोहमा प्रा.  रामकुमार पाँडेले विमोचन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रा. पाडेले यात्रा र हाइकुको समिश्रणले बनेको ‘दाइबुचु’ जापानी साहित्यको हाइबुन शैलीमा लेखिएको बताउनुभयो  । विमोचित कृतिका बारेमा बोल्दै अनेसास जापानका पुर्व अध्यक्ष आलोक चालिसेले जापानको साहित्य र संस्कृति...

नेपाल जापान फुटबल संघको अधिवेशन सम्पन्न, १७ सदस्यीय कार्यसमिति गठन

टोकियो । नेपाल जापान फुट्बल संघको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट पूर्व राष्ट्रिय खेलाडी बसन्त  गौचनको अध्यक्षतामा १७ कार्यसमिति चयन गरेको छ । आइतबार भएको  अधिवेशनबाट अध्यक्षमा बसन्त गौचन,बरिष्ट उपाध्य़  शिब खड़का, उपाध्यक्षहरूमा सचिन श्रेष्ठ,नमस्ते गुरुङ,सम्बोधन लामा,विशाल कार्की र महासचिवमा मनोज श्रेष्ठ ,सचिवमा पारस गुरुङ ,कोषाध्यक्षमा अखिल लामा,सह कोषाध्यक्षमा भरत थापा चयन भएका छन । सदस्यहरूमा सन्तोष पाण्डे,भुवन थापा,सागर कार्की ,सुबास...

मस्तिष्क पक्षघात भई उपचारत पराजुलीलाई पर्वत समाज जापानद्दारा सहयोग

टोकियो । जटिल रोग मध्येको एक मानिने मस्तिष्क पक्षघातबाट पीड़ित पर्वत जिल्ला विहादी गाउँपालिका ३ रानिपानी निवासी गोमादेवी पराजुलीको उपचारमा सहयोग पुर्याउन पर्वत समाज जापानले संचालन गरेको सहयोग संकलन समितिले संकलन गरेको १ लाख रुपैयॉ पीड़ित परिवारलाई पठाईएको पर्वत समाज जापानका अध्यक्ष सुजन जोशीले जानकारी दिनुभयो । लामो समय देखि काठमाण्डौ बाँसबारीस्थित न्युरो अस्पतालमा मस्तिष्क पक्षघातको उपचार गराईरहनु भएको पराजुलीको दैनिक...

सेप्टेम्बर २८ र २९ मा हुने पहिलो गुन्मा नेपाल फेस्टिवलको तयारी तिब्र

गुन्मा, जापान । जापानको गुन्माकेनमा हुन लागेको पहिलो ‘नेपाल फेस्टिवल २०१९ गुन्मा’  भव्य रुपमा सफल बनाउन आयोजक नेपाली साझा समाज सहित जापानको सरकारी निकायले प्रचार र व्यवस्थापनमा तिब्रता दिएको छ । नेपाल भ्रमणवर्ष २०२० को प्रचार सहित नेपालको संस्कृती, कला एवं भेषभुषालाई जापानीमाझ चिनाउने उदेश्य सहित आयोजना गरिएको फेस्टिवललाई यहाँको ओईजुमी नगरपालिकाले सह -आयोजकको रुपमा सहकार्य गरेको छ । नगरपालिकाले सरकारी कार्यालयहरुमा...

जापानमा नयाँ आईफोन २० तारिखबाट बिक्रि गरिने, बुकिङ् खुल्ला

टोकियो । जापानका मूख्य तीन मोबाईल कम्पनीहरुले, आईफोनको नयाँ मोडल सेटहरु, यहि सेप्टेम्बर २० मा जापानमा बिक्री सुरु गर्ने तयारी गरेका छन् । दोकोमो,एयु,र सफ्टबैंकले आज १३ तारिखबाट बुकिङ् लिने बताएका छन् । यद्यपी यो केहि पसलहरुमा फरक पनि पर्न सक्दछ । यसपटकको बुकिङमा भने तिनवटै नयाँ मोडलहरुका लागि गर्न सकिने बताईएको छ । सफ्टबैंकले कर सहित ८९,२८० येनदेखि १८७,६८० येनसम्मको...

सेप्टेम्बर १९ मा दोस्रो मैत्रीपूर्ण रनिङ भलिबल प्रतियोगिता हुने, टिम दर्ता सेप्टेम्बर १७ सम्म

टोकियो । नेपाल भलिबल संघ जापान शाखाको आयोजनामा जापानमा पुरूष भलिबल प्रतियोगिता हुने भएको छ । यहि, सेप्टेम्बर १९ तारिख साईतामा केन स्थित टोडा स्पोर्ट सेन्टरमा आयोजना हुने प्रतियोगिताको टाईसीट सेप्टेम्बर १७ मा वितरण गरिने भएको छ ।नेपाल भलिबल संघ जापान शाखाका अध्यक्ष नबिन गुरूङका अनुसार, उक्त प्रतियोगिताको टिम दर्ताको अन्तिम मिति सेप्टेम्बर १७ को मध्यान्ह १२ बजेसम्म निर्धारण गरिएको छ...

देशभर डेंगुको त्रास, नियन्त्रणमा चुक्यो स्वास्थ्य मन्त्रालय

काठमाडौं– यतिखेर देशभर डेंगुको त्रास छ। प्रि–मनसुनमा नै प्रकोपको रूप लिएको डेंगु अहिले देशभरका ५६ जिल्लामा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा देखापरेको छ। नियन्त्रणका लागि बेलैमा प्रभावकारी कदम नचालेको र महामारी रोक्न स्वास्थ्य मन्त्रालय चुकेको भन्दै सर्वत्र आलोचना सुरु भएको छ। स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले जनाएअनुसार साउनयता करिब ४ हजार व्यक्तिमा डेंगुको संक्रमण भएको छ। हालसम्म डेंगुबाट ६...

एनआरएनए जापानको नवौँ कार्यसमितिद्वारा पदभार ग्रहण, समारोहमा यस्तो देखियो ( तस्बिर सहित)

टोकियो । गैरआवासीय नेपाली संघ जापानको नवौँ कार्यसमितिले पद तथा गोपनियताको सपथ संगै(२०१९ – २१ )को  कार्यभार ग्रहण गरेको छ । गत आईतबार, सम्पन्न निर्वाचनप्रकृयाबाट चयन भएका अध्यक्ष, देविलाल भण्डारीको नेतृत्वमा रहेको कार्यसमितिले मंगलबार टोकियोको सिन्जुकुमा आयोजित पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा, सपथ लिँदै, कार्यभार ग्रहण गरेका हुन् । यसपटकको कार्यसमितिमा,अध्यक्ष देबिलाल भण्डारी, बरिष्ठ उपाध्यक्ष ,अनिता गुरुङ,उपाध्यक्ष लक्ष्मण बानिया ,नारायण खड्का,महिला...

एनआरएनए जापानका नवनिर्वाचित पदाधिकारीहरुले आजबाट पदभार ग्रहण गर्ने

सेप्टेम्बर १०,टोकियो । गैरआवासीय नेपाली संघ जापानका नवनिर्वाचित कार्यसमिति ( २०१९-२०२१) लाई आज, सपथ ग्रहण तथा पदभार हस्तान्तरण गरिने भएको छ । गत आईतबार भएको निर्वाचनबाट साविकका वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति तय भएको हो । केहि पदहरु सर्वसहमतीमा मनोनित भएता पनि, अध्यक्ष, वरिष्ठ उपाध्य,महासचिव, सहकोषाध्यक्ष, युवा संयोजक तथा सदस्य लगायतका पदहरुमा कडा प्रतिस्पर्धा सहितको निर्वाचन भएको थियो...

गैरआवासीय नेपाली संघ जापानको अध्यक्षमा देविलाल भण्डारी विजयी

टोकियो । गैरआवासीय नेपाली संघ जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित हुनुभएको छ । एनआरएनए जापानको जारी नवौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा भण्डारी विजयी हुनुभएको हो ।भण्डारीले निकटतम प्रतिद्वन्द्वी वर्तमान अध्यक्ष टासी वाङदीलामालाई ५ सय ८५ मत ल्याउँदै ३४ मतको अन्तरले पराजित गर्नुभएको हो । लामाले ५ सय ५३ मत प्राप्त गर्नुभएको छ । अध्यक्षका एक प्रत्यासी किरण...