६ प्रतिशत नेपालीमा दीर्घकालीन मिर्गौला रोग

काठमाडौं-  नेपालका ६ प्रतिशत नागरिकमा दीर्घकालीन मिर्गौला रोग रहेको एक अनुसन्धानले देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ‘जनसंख्यामा आधारित छनोटमा परेका नसर्ने रोगका भार’का विषयमा गरेको देशव्यापी अध्ययनले ६ प्रतिशत नेपालीमा दीर्घकालिन मिर्गौला रोग अर्थात क्रोनिक किड्नी डिजिज् (सिकेडी) रहेको देखाएको हो। परिषद्ले देशव्यापी रुपमा सबै जनसंख्या र भौगोलिक अवस्था समेट्ने गरी परिषद्ले ४ वटा नसर्ने रोगका विषयमा अनुसन्धान गरेको थियो। सिओपिडी,...

ग्रान्डीविरुद्ध मेडिकल काउन्सिलमा मुद्दा, ‘निष्पक्ष छानबिन समिति’ शंकाको घेरामा

काठमाडौं । धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल अहिले छानबिनको घेरामा छ । नेपाल मेडिकल काउन्सिलमा ग्रान्डीको लापरबाहीका कारण एक शिशुमाथि गरिएको निर्दयी प्रयोगका सम्बन्धमा गरिएको उजुरीका आधारमा छानबिन चलिरहेको छ । तर, निष्पक्ष भनिएको छानबिन समिति नै शंकाको घेरामा छ । काउन्सिलका सदस्य डा. ढुण्डीराज पौडेलका अनुसार, काउन्सिलले पीडित पक्षको निवेदनका आधारमा ग्रान्डीसँग असम्बद्ध चिकित्सकहरूको एउटा छानबिन समिति बनाएको छ। ‘समितिले...

बंगलादेश पढेका अधिकांश डाक्टर बिरामी जाच्न अयोग्य

काठमाडौं । एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् । विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ । काउन्सिल स्रोतका अनुसार फेल हुने अधिकांश...

सिरिञ्ज आक्रमणः डेढ महिनामा नौ घाइते

काठमाडौं । बनेपामा बुधबार सिरिञ्ज आक्रमणमा परेकी महिला यस प्रकारको पीडामा पर्ने नवौं भएको चिकित्सकहरुले बताएका छन् । यस्तो आक्रमण जेठ यताको हो । अहिले सिरिञ्ज आक्रमणमा परेका महिलाहरुको उपचार काठमाडौंको टेकु अस्पतालमा भइरहेको छ । उता, आक्रमणकारी महिलाको खोजी गर्न प्रहरीले सादा पोशाकका प्रहरी परिचालन गरेको छ । काभ्रे प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार प्रहरीले सर्वसाधारणलाई सतर्क रहन...

विदेशका कोमामा रहेका श्रमिकको अब स्वदेशमै उपचार

काठमाडौं । सरकारले विभिन्न देशका अस्पतालको कोमामा उपचारत २८ जना नेपाली नागरिकलाई स्वदेश ल्याई यहीँको अस्पतालमा नै उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगारका क्रममा गम्भीर चोटपटक लागेर अस्पतालको कोमामा रहेका ती नागरिकलाई स्वदेश ल्याएर उपचार गराउने निर्णयले ती बिरामीका परिवारलाई धेरै सहयोग पुग्ने विश्वास गरिएको छ । वैदेशिक रोजगार बोर्ड सचिवालयका अध्यक्षसमेत रहनुभएका श्रममन्त्री गोकर्ण विष्टको अध्यक्षतामा बसेको...

सुत्केरीको रक्तस्राव रोक्ने औषधि नै म्याद गुज्रेका

प्युठान । जिल्ला स्वास्थ्य कार्यालय प्युठानले मातहतका स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि पठाएको छ । नौबहिनी गाउँपालिका–८ स्थित फोप्ली स्वास्थ्य चौकीमा सुत्केरीको रक्तस्राव रोक्न प्रयोग हुने अक्सिटोसिन इन्जेक्सन म्याद गुज्रिसकेको अवस्थामा आइपुगेको स्वास्थ्य चौकीका प्रमुख विनोद शाहले बताए । ‘३० एमपुल इन्जेक्सनको म्याद नाघेको थियो,’ उनले भने, ‘स्वास्थ्य कार्यालयबाट आएका औषधि गाउँपालिकामा एक महिना स्टोर भएछ ।’ गाउँपालिकाले समयमै नपठाउँदा...

वैदेशिक रोजगारीः एक दशकमा ७,३०४ को मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो एक दशकमा ७ हजार तीन सय चार जनाको ज्यान गएको छ । नेपालबाट हरेक वर्ष चार लाख हाराहारीमा जनशक्ति वैदेशिक रोजगारीमा जाने तथ्यांक छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले रोजगारमा जाने नेपालीलाई अपर्याप्त आराम, न्यून पारि श्रमिक, स्वास्थ्यमा लापरबाही र पारिवारिक झमेला तथा दबाबका कारण वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु हुने गरेको जनाएको छ...

शहरी क्षेत्रको वायू प्रदूषण नियन्त्रण कठिन : मन्त्री यादव

काठमाडौं, २४ जेठ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शहरी क्षेत्रमा प्रदूषण नियन्त्रण कठिन भइसकेको बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा शहरी क्षेत्रको वायु प्रदूषणले मानव स्वास्थ्य पारेको प्रभावबारे डिप्लोमा इन्जिनियर्स एशोसिएसन (डिन)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले ८० वटा चुरोट खाएभन्दा धेरै असर काठमाडौंमा एक घण्टा हिंड्दा हुने बताउनुभएको हो । कार्यक्रममा डिनका...

जागिरे आमाबाबुका सन्तानमा यस्तो मनोवैज्ञानिक असर ?

काठमाडौं । अभिभावकको रोजगारीले बालबालिकालाई के दिन्छ ? सबैको जवाफ हुन्छ लालनपालन तर रोजगारीका नाममा कामको पछि दौडिएर छोराछोरीलाई समय नदिदाँ उनीहरूको जीवनलाई कसरी मनोवैज्ञानिक असर गर्छ भन्ने कहिले सोच्नुभएको छ ? संयुक्त राज्य अमेरिकाको ड्रेक्सेल विश्वविद्यालयका अनुसन्धानकर्ता जेफ ग्रिनहोले अभिभावक माझ गरिएको सर्वेक्षणलाई आधार बनाएर काम र पारिवारिक जीवनबीचको सम्बन्ध खोजेका थिए । अध्ययनमा २५ देखि ६३ वर्ष उमेरका विभिन्न...

आइतबारदेखि राजधानीका यी ११ अस्पताल वरपर सूर्ती चुरोट निषेध

काठमाडौं– प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी अस्पताल वरपर सूर्ती, चुरोट र खुट्खालगायत सूर्तीजन्य वस्तु खान निषेध लगाउने भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष पहलमा वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल, र्कीतिपुर अस्पताल, सिभिल अस्पताल, थापाथली प्रसूति गृह, आर्मी अस्पताल, प्रहरी अस्पताल, नरदेवी आयुर्वेद, गंगालाल र शुक्रराज शास्त्री अस्पताल वरपर सूर्तीजन्य पदार्थको बेचबिखन र सेवन निषेध...