यस वर्षको पहिलो सिजनमा, जापानमा २ वटा तर्बुजा ५० लाख येनमा बिक्री

होक्काईदो/जापान । होक्काईदोको युबारीमा फलेको एक जोडी तरबुजा( मेलोन) ५० लाख जापानी येनमा बिक्री भएको छ । यो सिजनको पहिलो अक्सन ( भाउ बढाबड) बाट, त्यति महंगोमा बिक्री भएको हो । यो मूल्य हालसम्मकै महगो हो ।अघिल्लो वर्ष यो यस्तै भाउ बढाबडमा एक जोडी तर्बुजा ३२ लाख जापानी येनमा बिक्री भएको थियो । यो प्रिमियम कान्टालोप जातको तर्बुजा हो, जसको नरम,...

थाह छ ? जापानी येन १० हजार ५ हजार र १ हजारका नोटहरु नेपाली लोक्ता(अर्गेली) ミツマタ、बाट बन्दछन्

राजन गौतम/टोकियो । हामी मध्ये धेरैलाई थाह छ कि, जापानी येन १० हजार,५ हजार तथा १ हजारका नोटहरु छाप्नका लागि नेपाली कच्चा पदार्थको प्रयोग हुँदै आएको छ । जापानको आफ्नो उत्पादनले आवश्कता पुरा गर्न नसकेपछि, सन २०१० देखि नेपालबाट परम्परागत उत्पादनमा आधारित लोक्ताको एक प्रजाती  (जो, नेपाली कागज उत्पादनमा प्रयोग हुन्छ) को आयात गर्दै आएको छ । साथै यो आयातको क्रम...

अबदेखि एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने

काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुले अबदेखि आफ्नो एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने भएको छ । यसअघि केही बैंकहरुले मात्र आफ्नो एटीएम मेसिनमा अंग्रेजी र नेपाली दुवै भाषा राख्ने गरेका थिए भने केहीले अंग्रेजी भाषा मात्र राख्ने गरेका थिए । तर राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार भने सबै बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो एटीएम मेसिनमा नेपाली र अंग्रेजी दुवै भाषा राख्नुपर्ने भएको...

जापानका चर्चित फेसन ब्राण्ड युनिक्लो र जियुका ४ लाख ६१ हजार ग्राहकका व्यक्तिगत सुचना चोरिको आशंका

टोकियो । जापानका चर्चित फेसनवेयर युनिक्लो  तथा जियु ब्राण्डका ४ लाख ६१ हजार ९१ जना ग्राहकहरुको व्यक्तिगत सुचना लिक भएको हुनसक्ने बताईएको छ । फास्ट रिटेलिङ् कम्पनीले मंगलबार बताए अनुसार, ह्याकरहरुले आफ्ना ग्राहकहरुको वेवसाईटना सुरक्षित नाम, ठेगाना, फोन नम्बर तथा क्रेडिट कार्ड लगायतका व्यक्तिगत सुचना लिक गराएका हुन सक्ने सम्भावना रहेको छ । त्यि दुई जापानका लोकप्रिय फेसन ब्राण्डका वेबसाईट...

नेपालले कतारलाई पानी बेच्ने

काठमाडौं – खाननेपानी निर्यातको सम्भावनाबारे खानेपानीमन्त्री विना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच छलफल भएको छ । खानेपानी मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालबाट पिउनेपानी निर्यात गर्ने विषयमा छलफल भएको हो । मन्त्री मगरले नेपालको पानी खेर गइरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराएकी थिइन् । ‘पानीको स्रोतको सदुपयोग गरेर स्प्रिङवाटर निर्यात गर्ने विषयमा मेरो...

लगानी सम्मेलनः १६ परियोजनामा १७ आवेदन, १५ वटा सम्झौता

काठमाडौं । लगानी सम्मेलनमा सरकारले प्रस्तुत गरेको ७७ मध्ये १६ परियोजनाका लागि आवेदन परेको छ । दुई दिनसम्म चलेको सम्मेलनका क्रममा १६ परियोजनाका लागि १७ वटा आवेदन परेको हो । ‘आवेदन दिने मिति अप्रिल २० सम्म छ तर, अहिले नै हामीले तोकेको राजश्व तितेर १७ आवेदन परेको छ’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले अनलाइनखबरसँग भने । बोर्डका अनुसार...

विदेशी लगानीकर्तालाई प्रधानमन्त्रीले भने- नेपाल ‘भर्जिन ल्यान्ड’

१५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी लिएर आउन आग्रह गरेका छन् । नेपाल लगानीका लागि ‘भर्जिन ल्यान्ड’ भएको भन्दै ओलीले कुनै पनि द्विविधा नपरी लगानी लिएर नेपाल आउन आग्रह गरे । शुक्रबार काठमाडौंमा लगानी सम्मलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा संविधान बनेर राजनीतिक स्थिरता कायम भएकाले लगानीका लागि निकै राम्रो वातावरण बनेको बताए...

लगानी सम्मेलनका लागि यी तीन आकर्षक परियोजना प्रस्ताव

काठमाडौँ–आसन्न लगानी सम्मेलनमा औद्योगिक पूर्वाधारका क्षेत्रका तीनवटा महत्वपूर्ण आयोजनाको लगानीकर्ता समक्ष पेश गरिने भएको छ । लगानी बोर्डको कार्यालयले बाँकेको नौबस्ता, रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र र बाराको सिमरामा विशेष आर्थिक क्षेत्र निर्माण (सेज) को प्रस्ताव तयार गरेको हो । देशलाई औद्योगीकरणका दिशामा लैजान राष्ट्रिय पुँजीमात्र पर्याप्त नहुने भएकाले तीनवटा महत्वपूर्ण आयोजना वैदेशिक लगानीका लागि प्रस्ताव गरिएको खबर गोरखापत्र दैनिकम छापिएको छ...

ग्राउण्ड ह्याण्डलिङमा समस्या आए पछि जापान उडान अनिश्चित

काठमाडौं । ग्राउण्ड ह्याण्डलिङको समस्या भए पछि नेपाल वायुसेवा निगमको जहाजले तत्काल जापान उडान नगर्ने भएको छ । निगमले फेब्रुअरिबाट जापानमा आफ्नो जहाजले उडान भर्ने लक्ष राखे पनि ग्राउण्ड ह्याण्डलिङ सम्झौता नभएकै कारण उडान नगर्ने भएको हो । सुरुमा सबै कुरा मिलेको थियो निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भने, ‘हामीले सोचेकै थिएनौ यस्तो समस्या आउला भनेर तर भईदियो त्यस्तै...

फोर्ब्सको सूचीमा अर्वपति चौधरीको फड्को, एकै वर्षमा कसरी बढ्यो २२ अर्ब सम्पत्ति

२२ फागुन, काठमाडौं । विश्वका अर्वपतिमध्ये नेपालका एकमात्र विनोद चौधरीले एक वर्षमै २० अर्ब बढी सम्पत्ति आर्जन गरेका छन् । अमेरिकी म्यगेजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१९को अर्वपतिको सूचीमा चौधरी १३४९ औं स्थानमा छन् । चौधरी यसवर्ष मात्रै गत वर्षभन्दा २१२ स्थान माथि उक्लिए । गत वर्ष उनी फोर्ब्सको अर्वपतिको सूचीमा १५६१औं स्थानमा थिए । फोब्र्सले यसवर्ष २ हजार १५३...