यम श्रेष्ठ । आउनुहोस ! सबै मिलेर रबि लामिछानेलाई सकेसम्म देशबाटै निकालौ, नत्र जेल हालौ।
यहाँ बलात्कारमा परेर छटपटाईरहेका नारीहरुको बारेमा कसैले बोल्दैनन् !एसिडको प्रहारबाट घाइते भएका पिडित नारीहरुको कथालाई समेटेर कसेैले समाचार लेख्दैनन!घरायसी झगडामा लोग्नेले स्वास्नीलाई मट्टीतेल छर्केर आगो लगाएको प्रति कसैको ध्यान जादैन,साना साना बालिका हरु यौनहिंसामा परेको कसैले लेख्दैन, बोक्सीको आरोपमा सैयौ महिलाहरुलाई मलमुत्र खुवाएर हत्या सम्म गरिएका समाचार हरु २,४ दिन आएर सेलाउछन ,दलालले बेचेर सात समुन्द्र पारी पुर्याइएका चेलीको कथा र उनिहरुले भोगिरहेका पिडा हरु सुन्ने कुनै निकाय छैन, यस्तो अवस्थामा एउटा अमेरिका जस्तो देशमा बसेर कुखुराको फिला र महगा महगा रक्सी पिउदै सम्बन्ध बिच्छेद भएको बर्षौ पछि पुर्व पत्नीको हैसियतमा रहेकी महिलाको कुरालाई चाखमानेर सुन्दिनु पर्ने ,हेडलाईन बनाएर समाचार राख्नु पर्ने ,भाइरल नै बनाउनु पर्ने ,कारण के त?कारणहरु छन भ्रष्टाचारी,दलाली,घुस्याहा यौनपिपासुहरुको दिमागले कुनै ठाउँ नपाए पछि पुर्व पत्नीको साथ लिएर बिगतका कुराहरू लाई कोट्याएर आफुले गरेका कुकर्म लाई २,४ दिन शान्त पार्न मात्रै खोजेका हुन !यहि काण्ड बाट रबिलाई पन्छाएर आफ्ना कुकर्म लाई अगाडि बढाउने यिनिहरुको षड्यन्त्रलाई बिफल बनाउनै पर्छ ,कुकुर भुक्दै गर्छ ,स्यालहरु कराउँदै गर्छन हाती लम्कदै गर्छ युगले मागेको मान्छे हुन Rabi Lamichhane र अहिलेसम्मकै उत्कृष्ट र लोकप्रिय कार्यक्रम हो “सिधा कुरा जनता संग” कुनै भ्रष्ट हरुको षड्यन्त्रले डगमगाउने छैनन।
आशा छ कार्यक्रम अझ सशक्त, मजबुत र विशेष रूपमा अघि बढाउनुहुनेछ।गल्ती कमजोरी स्विकार्नु नै महानता हो।
सारा राष्ट्रप्रेमि नेपालीहरुले रबि लामिछानेको अनुहार र नाम देखेर साथ र समर्थन गरेका होइनन् ।उहाँको राम्रो काम र योगदान देखेर साथ दिएका छन् ।उहाँ एउटा राष्ट्रप्रेमी नेपाल आमाका सपुत हुन् भगवान हैन।बिरोधिहरुले भ्रम नछर्दा हुन्छ।कसैले भगवान भनेका र बनाएका छैनन् ।
केही आरिशे बेकामका राष्ट्रका धमिराहरु, नेपाल आमाका कपुतहरु देश र जनताको हित भएको हेर्न नचाहने दु:खी आत्माहरु हिजो पनि कार्यक्रम असफल पार्न हात धोएर लागिपरेका थिए आज पनि लाग्दैछ।
तर जनताको साथ रहेसम्म बिफल बनाउने कसैको तागत नहोला।

उहाँको जीवन घटनाका यी कुराहरूले झन भावुक र सोच्न बिबश बनायो;
सानैमा बा आमाको मृत्यु भयो, युवा अवस्थामा बिहे भयो,घर छोडेर सानै उमेरमा परिवारलाई दुख सङ हुर्काए, अमेरिका गए, दिन रात काम गरे, सयौ नेपालीलाई रात दिन मद्दत गरे।अनेक संघर्ष गरेर परिवार लाई अमेरिका लगे। अरु १८ घन्टा काम गरेर ५ जना सङ अपार्मेन्ट शेयर गरेर बस्छन्। रबिले “मालिक्नी” बनाएर लगे। अमेरिका छिर्ना साथ आफनै घर, आफ्नै बिजनेश। रबिले १८ घन्टा काम गरे। म्याडम ईश्वोरी बाट ईशा बन्नु भो।सम्झाउदा सम्झाउदा थाकेका रबिले दुखले जोडेको घर छोडेर,छोरीहरुलाई बताएर रिसको झोकमा एउटा अक्षम्य गल्ती गरे। जसको सजाय भोग्नु सम्म भोगे। आज त्यो जिवनबाट बल्ल बल्ल निस्केका रबि सयौ चेलिका माईती बनेका छन।तिनै रबि,केटि नै केटि खेलाउने चरीत्र हिन पुरुष बने। क्या राम्रो थियो रबि नहुदाको नेपाली समाज,। रबिले आएर सब बर्बाद भो।
लिविङ रिलेशनमा भएको भए कसैले आफै अप्लाई गरेर परिवारलाई लैजान्थ्यो?केटि नै केटिको पछी लाग्ने ले नेपाल अमेरिकामा सयौं हजारौलाई सहयोग गर्न भ्याउथ्यो?कसैले बान्की मिलाएर लेखिदिए त सबै झुठहरु सत्य कथा हुने रहेछन।
चरीत्र हत्या गर्ने हेतुले केही सत्यता मिसाए झै भ्रम सहित बान्की मिलाएर रचेका काल्पनिक कथाहरु कहिल्यै सत्य हुनेछैन न त पत्याउन नै सकिन्छ। सत्य जे हो त्यो स्वीकार गर्न र आत्मलोचना गर्न सकिन्छ।
हो, रबिलाई त सके सम्म देश बाटै निकालौ नत्र जेल हालौ। उसको अपराध खोज्न तिर आजै बाट सबै जना लागौ।

(यम, दक्षिण कोरियामा रहि, सकारात्मक सामाजिक अभियानहरुको अगुवाई गर्नेगर्दछन् )


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार