म रिना केसी । घर बेनी ।  बुबा गाइड, आमा तरकारी ब्यापारी । मेरो बहिनी छ, म भन्दा ४ बर्ष कान्छी । बुबा आमा बिजी भएकाले बैनीको जिम्मेवारी मेरो थियो, स्कुल जाँदा उसलाइ तयार बनाउने, खाजा बनाउने स्कुल लाने, स्कुलबाट ल्याउने सबै गर्थेँ । मेरो बालापन बेनी मै बित्यो । बेनीको त्यही खोला, झरना, अरुले चराउँदै गरेको भेडा, च्याङ्रा र बुबाले घुमाउने टुरिस्ट हेरेर नै म ठुली भएँकी हुँ ।

कक्षा एक देखी म्याग्दी मा.विमा पढेँर एस एल सि सकाएँ । एस एल सि सकाएर म्यग्दि क्याम्पस भर्ना भएँ,११-१२ कक्षामा पनि प्रथम स्रेणीमा पास भएँ । मलाइ पढाइमा धेरै रुचि थियो, पढेर भविष्यमा नाम कमाउने  इच्छा थियो । १२ पढ्दा म १९ बर्षको थिएँ । २० पनि लागेँ र अब ब्याचलर भर्ना हुने तरखरमा थिएँ ।

छोरी २० बर्ष कट्न थालेपछि सबैको बा- आमालाइ चिन्ता हुन थाल्छ, मेरो पनि त्यस्तै भयो ।  मैले देखे, बुझेसम्म छोरी प्रति सबैなको चिन्ता यही नै हुन्छ । छोरा भएको भए ठुलो भएर के गर्ला, आफ्नो खुट्टामा उभिएलाकी नउभिएला भन्ने चिन्ता हुन्थ्यो होला, म छोरी परेँ कसले बिवाह गर्ला भन्ने चिन्ता । दिनदिनै बिदेसीलाइ घुमाउने मेरो बुबा ७ वटा देशको भाषा बोल्नु हुन्थ्यो तर पनि बिदेसी सोचाइ थिएन यो कुरामा । कहिलेँ काहीँ अब बिस्तारै बिहे गर्नु पर्छ छोरी भन्दै सुनाउनु हुन्थ्यो, म सुने नसुनेझैँ गरिदिन्थेँ । एतिकैमा म ब्याचलर भर्ना भएँ । कलेज जान्थेँ आउथेँ समय भएको बेला आमालाइ सघाउँथेँ । बहिनीलाइ पढ्न मद्दत गर्थेँ ।

मे महिना लागेको थियो । एक दिन बुबाले आमालाइ खुसीको खबर सुनाउनु भयो । धेरै पहिलेको कुरा हो आमाले बुबालाइ खुसीको खबर सुनाउँदा हाम्रो परिवार बढेको थियो र बहिनी जन्मिइ ।अहिलेको खुसीको खबरले परिवार घट्दै थियो । म सुने नसुने झैँ गरेँर आफ्नो कोठामा गएँ । भावना कस्तो हुन्छ है एउटै कुराले बुबाआमा धेरै खुसी थिए र म दुखी । बा आमा गाइँगुइ कुरा गर्दै हुनुहुन्थ्यो, आमाले अलि ठुलै स्वरमा भनेको सुनेँ -‘हुदैन बुढा त्यो मान्छे त, उति टाढा फेरी केही पनि मिल्दैन, फुल जस्ती छोरी कसरी सुम्पिनु ‘ । बुबाले कुन्नी के भन्नु भो सुनिन ।

भोलि पल्ट बुबाका टुरिस्ट ग्रहाक आइपुगे । जो टुरिस्ट आएका थिए उनिहरु ४-५ बर्ष अघिदेखि बुबाका रेगुलर टुरिस्ट हुन् । उनिहरु हाम्रै घरमा बस्थे , आफैँ पकाएर खान्थे । १ महिना बस्थे अनि जान्थे । उनिहरु आएको बेलामा बाबा सधैँ बिजी हुनुहुन्थ्यो  ।  कता कात घुमाएर ढिलो आउनु हुन्थ्यो । अब केही समय त्यो कुरा निस्किदैन भनेर म ढुक्क भएँ । तर मेरो खुसी धेरै बेर रहेन । सोही दिन बेलुका बुबा आमाले मलाइ बोलाउनु भयो र बिबाहको लागि प्रसताब आएको छ । हामीलाइ केटा ठिक लाग्छ तिमी केर्छौ भनी सोध्नुभयो । म कहिलै उहाँहरुको बिपरीत गएको पनि थिइन र अहिले पनि उहाँहरुको खुसीको बिपरीत जाने आँट ममा आएन । मैले केही बोलिन । नबोल्नु पनि सायद बुबाआमाको लागी हुन्छ भन्नुको संकेत थियो होला । बुबाले मलाइ भाषा पड्न लगाउनु भयो जर्मनी भाषा । म पढ्न थालेँ । जर्मनमा बस्ने केटासँग मेरो बिहे हुने भएको थियो । नेपाली केटा हैन, जर्मनी केटा । जर्मनको प्रख्यत जातको कुकुर ‘जर्मन सेपर्ड’ बाहेक जरमनको मलाइ केही पनी थहा थिएन ।

उसको नाम ‘Weber Elias’ हो । २९ बर्षिय इलियास, जर्मनमा युवा लेखक भनेर नाम कमाएको  रहेछ । इलियासका धेरै पुस्तक पनि छन् अरे । मे महिनामा उसको सबै परिवार बर्षमा एक पल्ट नेपाल घुम्न आउँथे । होटेलबा बस्नुको सट्टा लाग्ने खर्च बुबालाइ दिन्थे र घरमा बस्थे । यसै क्रममा बुबाका गर्हाकहरु मध्धे उनिहरु धेरै नजिक थिए । इलियासले मलाइ पहिले बाट नै याद गरेको रहेछ । उसले र उसको परिवारले नै मन पराएको तर २० बर्ष नपुगी बिहे नगर्ने भनि कुरेका रहेछन् । ३ महिना पछि अगस्ट ७ तारिकमा हिन्दु धर्म अनुसार  बिबाह हुने भयो । बिबाहको डेट फिक्स गरेर उनिहरु फर्किएका थिए ।  बिहे गर्ने फिक्स भयो तर मलाइ इलियासको फेस याद छैन, पहिले मतलव लाग्दैन थ्यो हेरिन र अहिले हेर्न मन लागेन ।  टुरिस्ट भने पछि सबै उस्तै लाग्थे मलाइ गोरा, अग्ला, झोला झाम्टा भिरेका ।

बुबाले भनेपछि म भाषा पढ्न थालेँ । ३ महिनामा मैले धेरै कुरा सिक्नु थियो । स्कुल ड्रेस बाहेक कहिल्यै पाइन्ट नलाएको मैले पाइन्ट लाउन सिक्नु थियो, हातले खाना खान्थेँ अब चम्चाको बानी बसाउनु थियो यो त सामान्य कुरा थियो बाहिरी कुरा । मैले तीन महिनामा परिवर्तन हुने हैन, तिन महिनामा भित्रमा फेरी जन्मिएर २० वर्ष बन्नु थियो । बाबाले बोल्ने बानी बसोस भनी म सँग जर्मनीमा बोल्न थाल्नु भयो । एक महिनाको बिचमा म ‘इन्सुइलडिगिन्’ अर्थात ‘क्रिपया’, ‘दान्कसेन’ अर्थात ‘धन्यबाद’ ,’ इख विनअ रिना’ अर्थात ‘ म रिना हो’ र good morning, good night जस्ता सामान्य शब्द भन्न जान्ने भएको थिएँ ।

बेला बेलामा इलियासले फोन गर्थ्यो म नर्भस भएर कहिले इलियासलाइ इलियाट भन्थेँ कहिले इलियान । उसले नेपाली सिकेको थियो तर उसको नेपाली र मेरो जर्मनी उस्तै थियो । उ जानेको भएभरको नेपाली शब्द बोल्थ्यो अनि उसकै भाषामा कुन्नी के के भन्थ्यो अनि हाँस्थ्यो एक्लै । म उम् मात्र भन्थेँ र फोन राख्ने बेलामा ‘अफ्इ डरजिन’ ( गुड बाइ ) भन्थे जुन भन्दा मलाइ धेरै खुशी मिल्थ्यो। बुडा पाकाले भन्छन् नि गर्हौँ भारी बिसाएझैँ हुन्थ्यो । हेर्दा हेर्दै २ महिना बित्न लाग्यो । मैले लगभग ६०-७० वटा शब्द र जर्मनी भाषाको अक्षर लेख्न सिकेको थिएँ । इलियाससँग कुरा हुन थालेको थियो, वाक्यमा हैन शब्धमा । ६०-७० वटा शब्धमा लगभग ५-६ मिनेटको सम्म कमभरसियसन हुन थालेको थियो । त्यो दइ महिनामा उसले पनि केही नेपाली शब्ध सिकेको रहेछ । अब भने मलाइ कुरा गर्दा डर लाग्न छाडेको थियो । उसले मलाइ नाम दिएको थियो ‘Jungfrau Bienenkönigin’ अर्थात ‘भर्जिन रानी मौरी’ । पहिले केही बुझ्दैन थिएँ उसका कुरा र झर्को लाग्थ्यो, पहिले गुडबाइ भन्दा आनन्द आउँथ्यो भने अहिले हेलो भन्दा आनन्द आउने भएको थियो । बिस्तारै साधारन कुरा गर्न सक्ने भएका थियौँ। उसले मलाइ मेरो हरेक मन पर्ने नपर्ने कुरा सोध्थ्यो । डिक्सनरी हेरेर भएपनि आनौठो प्रश्न गर्थ्यो र म अच्म्म मान्दै उत्तर दिन्थेँ । सायद दिएको उत्तर पनि डिक्सनरी हेरेरै बुझ्थ्यो ।

तेस्रो महिना लाग्यो अब सात दिन बाँकी भयो । बुबाले म बिबाह पछि इलियाससँगै जाने भनि पासपोर्ट पनि बनाउन लगाउनु भयो । मेरो भावनामा म आफैँ रुमलिएको थिएँ । म जे गर्दै छु त्यो ठिक छ या बेठिक ठम्याउन सकेको थिइन । बिहे गर्दिन भन्न पनि मन थिएन र बिहे गर्न तयार पनि थिइन । ४ तारिकमा उनिहरुको परिवार काठमाडौँमा आउने भए र हायात होटलमा बिबाह हुने र बिबाहदुवै पच्क्षको आफन्त कोही नराखी बिबाह गर्ने कुरा भयो ।

हेर्दा हेर्दै ७ गते भयो,मनमा अनौठो भावना थियो, कतै चिसिएको, कतै मिसिएको । आमा, बाबा, बहिनी र म बिहानै बस चढी हायात होटलमा गयौँ । बुबाआमा बिबाहको तयारीमा लाग्नु भयो र मलाइ एउटा कोठामा लगियो, कलेजि सारीमा सजाइयो घुम्टो ओढाइयो र बिबाहाको लागि बाहीरी रुपमा तयार गराइयो, तयार भइ अर्को कोठामा गयौँ ।

हाम्रो बिबाहको लागि एउटा हल सजाइको थियो । एक जना बुढा पन्डित बाजे पनि थिए, मन्डप बनाइएको थियो र मन्डपकै छेउमा इलियाट उभिरहेको थियो नेपाली पहिरनमा ढाकाको दौरा सुरुवाल, ढाकाको टोपि र खुकुरी कम्बरमा भिरेको । घुम्टोमा धेरै जरी भरिएको हुनाले मैले कता हेरेको भन्ने ठम्याउन गाह्रो पर्थ्यो । मौकाको फाइदा उठाएर मैले इलियासलाइ धेरै नियालेर हेरेँ । उसको जिउ बाघको जस्तो थियो, गम्म परेका भरिला हात पाखुरा, इलियाटले मलाइ देख्यो र म निउरिएँ । उसले मलाइ धेरै नियालेर हेर्यो । धेरै बेर । म मुर्ति झैँ भएँ बाहिरी रुपमा पनि भित्री रुपमा पनि । मलाइ आमाले छेउमा आएर हात समातेर जग्य नजिकै लग्नु भयो, इलियासको नजिकै । सधैँ शब्दमा बोल्ने इलियासले नेपाली वाक्यमा सोध्यो- ‘तिमी तयार छौँ ?’  मुर्ती भएको म मा एक्कासी ज्यान आयो, आधिँबेरि सुरु भयो शरिर भरी ।म अलमल्ल परेँ । ‘सायद’ उत्तर थियो मेरो । उसलाइ सायदको मतलब थहा थियो या थिएन त्यो उसैलाइ थहाछ । मैले इलियासको अनुहार बल्ल हेरेँ नियालेर । हल्का चेप्टो अनुहार,  खैरो आखाँका ननी, हल्का कैलो दाह्री । ह्यान्डम लेभल १० मा ९ नं दिन मिल्ने । पन्डित बाजेले बस्न भन्नु भयो । आमा बुबा हामीलाइ हेरेर बस्नु भएको थियो । पन्डित बाजेले मन्त्र पड्न थाल्नु भयो । अछेता यता चडाउ उता चडाउ, जल चडाउ भन्दै गर्दा अनेक कुरा सोच्दै थिएँ म । यतिकैमा पन्डित बाजेले अब पोते र सिन्दुरको पालो भन्नु भयो । सिन्दुर हाल्दा इलियासको पहिलो स्पर्स सिउँदोमा भयो । अब म रिना केसी बाट रिना weber भएँ ।

बिबाह सकियो त्यही दिन जर्मनी फर्किने कुरा थियो ।जिन्दगीमा सबैभन्दा पिडाको क्षण आमा बुबालाइ छोड्नु पर्दा रहेछ । मुटु चुडिएर शरिर र मुटु छुट्टाइदिए झैँ लाग्यो । आमा बुबा पनि धेरै रुनु भयो, सायद आमाबुबाको पनि मुटु चुडिँएको थियो । इलियासका आमा बुबा केही समय नेपाल बसेर जाने भनी आमा बुबासँगै बेनी लाग्नु भयो । हामी एयरपोर्ट तिर लाग्यौँ । म प्लेन भरी रोएँ केही बोलिन । उ प्लेन चढेँ देखि ल्यापटप चलाउन थाल्यो, सायद केही लेख्दै थियो ।

हामी १३ घण्टा पछि जर्मनीको फ्रान्कफुर्ट एयरपोर्टमा पुग्यौँ । त्यहाँबाट ट्याकसीमा उसको घरमा पुग्न २० मिनेट जति लाग्ने रहेछ । हामी पुग्दा रातको झण्डै १० बजेको थियो होला । उसको घरसम्म आइपुग्दा मैले थहा पाँए उसको नेपाली भाषा र मेरो जर्मनी भाषा एउटै लेभलको थिएन । उ सामान्य नेपाली भाषा बोल्न सक्ने भइसकेको रहेछ । उसको घरमा पुगेर फ्रेस भइ खाना खाएर हामी सुत्यौँ ।

मलाइ जति डर पहिले लागेको थियो त्यति डर थिएन, इलियासले सबै कुरा सहज गरि बुझाउने कोसिस गर्थ्यो । इलियासले मेरो नाम परिबर्तन गरिदिएको थियो, ‘रानी मौरी’ । मलाइ अचम्म लाग्थ्यो किन उसले मलाइ रानी मौरी भनेको होला !

बिबाहको एक हप्ता बित्यो उसले मलाइ आज तिमीलाइ सर्प्राइज छ भनि एक ठाउँमा लग्यो । मलाइ गाडीबाट ओर्लने बेलामा आँखामा पट्टी लगाइदयो । मान्छेको भिँड थियो यति मैले आवाज बाटै थहा पाएँ । मलाइ केही बेर पछि ‘एइन्न्, ज्योइन्, देरी ‘ अर्थात ‘१ २ ३ ‘ भनि मेरो आँखाको पट्टी खोलियो । अगाडी हेर्ना साथ मेरो आखाँबाट आँशु झरे । ठुलो टिभी स्क्रिनमा मेरो फोटो थियो र जर्मनि भाषामा टाइटल दिइएको थियो ‘ भर्जिन रानी मौरी’ । म उसको किताबको रानी मौरी रहेछु । त्यो किताबको नेपाली कपि पनि प्रकाशित गर्ने उसले बतायो ।

पुरा किताब बुझ्न त म सक्दिन तर मितीले थहा हुन्थ्यो किताबमा ५ वर्ष अघीदेखिका कुरा लेखिएको थियो । र उसले मलाइ भर्जिन रानी माहुरी भन्नुको अर्थ पनि बुझायो । मौरीको हुलमा धेरै ठुलो मौरीलाइ रानी बनाइन्छ जुन मौरीले हुलका आधा भन्दा बढी मौरीलाइ जन्माएकी हुन्छे ।  भर्जिन रानीलाइ भने उसको अरु भन्दा भिन्न क्षमता र फुर्ती हेरेर छानिन्छ । मौरीको हुलमा बच्चा नपारेका भर्जिन रानी मौरी कमै हुन्छन् । उसले म मा के देख्यो त्यो बुझ्न मलाइ धेरै समय लाग्छ, मैले यति बुझेँ उसले घेरै ठुलो भिँडबाट छानेर मलाइ रानी मौरी बनाएको हो ।

आज १ बर्ष भयो उसँग बिबाह भएको । उ नयाँ किताब लेख्दैछ । म उसको कथा लेख्दैछु ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार