काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को फेस टु फेस बैठक सुरु भएको छ ।
शुक्रवारबाट सुरु बैठकमा विश्वभरी रहेका एनआरएनका आइसिसी पदाधिकारी, सल्लाहकार, संरक्षक, सदस्य, क्षेत्रीय समितिका पदाधिकारी र विभिन्न समितिका संयोजकहरु सहभागि हुनुहुन्छ ।

एनआरएन महासचिव बद्री केसीका अनुसार बैठकमा प्रत्यक्ष रुपमा ७० जना भन्दा बढीको सहभागिता छ । फेस टु फेस बैठक भनीए पनि विगतको जस्तै सहभागि हुन नसक्नेलाई अनलाइनबाट स्काईभको वन्दोवस्ता पनि मिलाइएको महासचिव केसीले जानकारी दिनुभयो ।

बैठक विधानत एनआरएनको तीन तीन महिनामा स्काईभमार्फत बस्दै आएको छ । तर शुक्रबार बस्ने फेस टु फेस बैठकलाई भने निकै अर्थपूर्ण रुपमा लिइएको छ । एनआएनले गत वर्ष धुलिखेलमा फेस टु फेस बैठक आह्रवान गरेको थियो । सो बैठकले एक वर्षको कार्यप्रगति समिक्षा गर्दै आगामी रणनीति तय गरेको थियो ।

बैठकले वार्षिक कार्यप्रगतिको समिक्षा गर्नुका साथै भावी रणनीतिसमेत तय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार