स्पेन । पोल्याण्डमा व्यवासयी गर्दै आएका ईश्वर श्रेष्ठको मृत्युमा आफ्नै रेस्टुरेन्टका भारतीय कामदार भएको वार्सा प्रहरीले पुष्टि गरेको छ ।

विगत चार वर्षदेखि आफ्नै रेस्टुरेन्ट एभरेष्ट लन्च एण्ड  बार सञ्चालन गर्दै आएका श्रेष्ठको कामदार र मालिक बीचमा विवाद भएपछि हल्या भएको जनाएको छ ।

पोल्याण्ड प्रहरीले गत शुक्रबारदेखि हराईरहेको भनिएका श्रेष्ठको मृत अवस्थामा आफ्नै निलो कलरको डब्लुइ ८७४ एसएम कारको सिटमा शव शनिबार फेला पारेको थियो ।

पोल्याण्ड प्रहरीले अनुसन्धानको क्रममा श्रेष्ठकै रेस्टुरेन्टमा काम गर्ने दुई भारतीयले हल्या गरेको पुष्टि गर्र्दैै थप अनुसन्धान अगाडि पढाएको प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष टंक कटवालले बताए ।

अन्दाजी २८ र २७ वर्षका दुई भारतीय नागरिकलाई पोल्याण्डको कानुनअनुसार तत्काल अनुसन्धानको लागि भन्दै तिन महिना जेल चलान गरेको पोल्याण्ड प्रहरीलाई उदृत गदै अध्यक्ष कटवालले बताए । अपराधमा संलग्न भारतीय नागरिको नाम भने प्रहरीले सार्वजानिक गरेको छैन् ।

हत्यामा संलग्नलाई थप अनुसन्धानपछि अदालतमा पेश गरेपछि प्रमाणित भएमा अपराधको प्रकृति अनुसार ८ देखि २५ वर्षसम्म सजाय हुने अध्यक्ष कटवाल बताउँछन् ।

श्रेष्ठ पोखरा लेकसाइड घर भई व्यवसायी भीषामा चार वर्ष अघि पोल्याण्ड आएका थिए । उनको नेपालमा श्रीमती र एक छोरा रहेको बताइन्छ ।

पोल्याण्डमा करिब दश हजारको हाराहारीमा नेपालीहरु बसोबास गर्दै आएको भएता पनि व्यवसायी श्रेष्ठको हत्यापछि नेपालीहरु त्रसित भएको नेपालीहरुको भनाई रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार