बेइजिङ-चिनियाँ कम्पनीहरुले आफ्ना कामदारलाई आईफोनको सट्टा हुवावेका फोन किनेमा भारी छुट दिने प्रस्ताव गरेका छन् । विदेशमा हुवावेमाथि प्रतिबन्ध लगाउनका लागि अमेरिकाले ठूलै दबाब गरिरहेको समयमा चिनियाँ कम्पनीहरुको यस्तो प्रस्तावले हुवावेलाई केही राहतको महशुस भएको छ । चिनियाँ कामदारहरुले आफ्ना कामदारलाई आईफोन त्याग्नका लागि समेत आग्रह गरेका छन् ।
मंगलबार निकी एसियन रिभ्यूमा आएको समाचार अनुसार हुवावेका प्रमुख वित्त अधिकृत मेङ वानझोउलाई अमेरिकी अभियोजनकर्ताहरुको अनुरोधमा क्यानडमा पक्राउ गरेपछि चिनियाँ कम्पनीहरुको यस्तो कदम आएको हो ।

कतिपय चिनियाँ व्यवसायले आफ्ना कामदारलाई हुवावेको स्मार्टफोन किनेमा कम्पनीलाई सहयोग आउने र उनीहरुले छुट र सहुलियन पाउने बताएका छन् । धेरैले खरिद मूल्यमा १० देखि २० प्रतिशतको सहुलियत पाउने निकीको समाचारमा उल्लेख छ ।
२० प्रतिशत भन्दा बढी चिनियाँ कम्पनीहरुले हुवावेका अन्य उत्पादनको खरिद बढाउने घोषणा सामाजिक सञ्जालमार्फत गरेको समाचारमा उल्लेख छ ।
केही चिनियाँ कम्पनीहरुले पनि एप्पललाई पाखा लगाउन थालेका छन् ।
“चिनियाँ सञ्चार माध्यमका अनुसार सांघाईमा रहेको व्यवसाय संघले एप्पलका उत्पादन खरिद गर्नेलाई जागिरबाट निकाल्ने जनाएको छ,” समाचारमा भनिएको छ ।
चीनले आफ्ना सीएफओको पक्राउपछि प्रतिक्रिया जनाएपछिको अवस्थामा हुवावेमाथिको कुटनीतिक विवाद चर्किएको हो । चीनले डिसेम्बरमा दोस्रा क्यानेडियनलाई पनि पक्राउ गरेको थियो ।
क्यानडाको विदेश मन्त्रालयले पनि पक्राउ परेका क्यानेडियन पाक्तु सांस्कृतिक आदान–प्रदानका संस्थापक मिचेल स्पाभोर भएको जानकारी दिएको छ । यो चीनमा रहेको क्यानेडियन स्वामित्वको कम्पनी हो । यो कम्पनीले उत्तर कोरियाको भ्रमणका लागि सहयोग उपलव्ध गराउदै आएको थियो ।
चीनल सुरुमा मिचेल कोभरिङलाई पक्राउ गरेको थियो । उनी पूर्व क्यानेडियन कुटनीतिज्ञ हुन् । उनले हाल गैर नाफामुलुक संगठन इन्टरनेसनल क्राइसिस ग्रुपमा उत्तरपूर्वी एसियाका लागि वरिष्ठ सल्लाहकारको रुपमा काम गर्दै आएका थिए ।
एक चिनियाँ अदालतले डिसेम्बरमा आईफोनका मोडलहरुको बिक्री र आयातमा प्रतिबन्ध लगाएको थयो ।
क्वालकले एप्पलले आफ्ना दुई पेटेन्टको उल्लंघन गरेको दावी गरको थियो ।
यो प्रतिबन्धबाट उम्कनका लागि एप्पलले गत साता आईओएसमा झिनो अवस्थाको परिवर्तन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार