टोकियो । जापान संसारकै व्यस्थ मानिसहरुको देश मध्येको एक प्रमुख मुलुक ! टोकियो त्यो व्यस्थ मुलुक भित्रको अति व्यस्थ सहर । यहाँ प्राय मानिसहरु हिड्ने मात्र होईन कुदिरहेका हुन्छन् । यो अति व्यस्थ सहरको ट्रेन यात्र हरेक विदेशीहरुका लागि थप रोचक पक्ष हो । पंत्तिकारले विगत ३ वर्ष देखी देखेको अनि भोगेको जापानको ट्रेन यात्राको केहि रमाईला कुराहरु ।
१.निदाई रहेका सुन्दर आकृतीहरु
सामान्यतय जापानमा ट्रेन चढ्दा सहजै देखिने दृष्य हो यो । ट्रेनमा सवार अधिकाँस मानिसहरु निद्रामा झुलिरहेको देख्न पाईन्छ । सिटमा बस्नेहरु त आरामदायी अनि वाताअनुकुलित ट्रेनमा निदाउनु आश्चर्य नहोला । तर गज्जब त्यो दृष्य देख्दा लाग्छ कि जापानीहरु एउटा हातमा झोला बोकि, अर्को हातले अडिने डोरी समात्दै , कुदिरहेको ट्रेनमा पनि मस्त निदाईरहेका हुन्छन् ।

२.फोनमा एकोहोरिएका मानिसहरु
ट्रेनमा सवार लगभग ९५ प्रतिशत मानिसहरु फोनमा व्यस्थ हुन्छन् । कोहि गेम खेलिरहेका, कोहि च्याट गरिरहेका, कोहि गीत सुनिरहेका त कोहि भिडियो हेरिरहेका यस्तै दृष्यहरु यत्रतत्र देखिन्छ ।त्यो देख्दा मानिसहरुलाई मेसिनले दास पो बनाउँदै छ कि भन्ने भान हुन्छ ।

३.सुमिमासेन भन्दै धकेल्नेहरुको जमात
टोकियोको सार्वजनिक सवारी एकदमै सुविधाजनक मानिन्छ । र त्यसमा कुनै शंक्का पनि छैन । तर अफिस आवर र अन्तिम ट्रेन चढ्दा भने त्यस्तो होईन कि भन्ने आभास गराँउछ । जस्तै अफिस जाने समय, फर्किने समय र अन्तिम ट्रेन (राती १२ बजे आसपासका ट्रेन) यति भिड हुन्छ कि,त्यहाँ कति एक पाईला मात्र टेकाउन पाए ठूलो कुरो । यस्तै खचाखच भरिएको ट्रेनमा ठाँउ न साउँ सुमिमासेन (सरी) भन्दै ठेलाठेल गर्नेहरुको जमात अर्को चाख लाग्दो दृष्य हो ।

४.यात्रु घचेट्ने कर्मचारी
ट्रेनको भिडको प्रसँग माथी पनि गरिसकेँ,त्यो भिड यस्तो हुन्छ कि मानिसहरु नअटेपनि जबर्जस्ती चढ्न मरिहत्य गरिरहेका हुन्छन् । त्यसरी ठेलाठेल गरेर भित्र छिर्ने प्रयास गरेपनि छिर्न नसक्नेहरु हुन्छन् । छिर्नेजति यात्रु छिरेर ढोका बन्द नगरेसम्म ट्रेन चलाउन नमिल्ने भएकाले यात्रुहरुलाई धकेलेर भित्र पसाउनको लागि,रेलवेकम्पनिले व्यस्त समयमा कर्मचारीहरुनै खटाएको देखिन्छ ।

 

५.दौडिरहेका म्याराथुन धावक
टोकियोका मानिसहरु साँच्चै व्यस्त हुन्छन् । त्यो रहक नभई कहरनै हो । तर त्यो कहर यति सम्मको कठोर देखिन्छ कि, रातो जेब्राक्रसीङ्मा बल्ने रातो बत्ति सम्म कुर्ने फुर्सद हुँदैन । तर नियम र प्रणाली यति व्यवस्थित छ कि नकुरी सुखै छैन । त्यसैले अलि पर हुँदा हरियो बत्ति बलेको देखेमा त्यहि समयमा बाटो क्रस गरी समय बचाउनका लागि मानिसहरु म्याराथुन धावकझैँ कुदिरहेका दृष्य देखिन्छन् । त्यति मात्र नभई निर्धारित ट्रेन नछुटोस् भन्नका लागि पनि कुद्नेहरु उत्तिकै भेटिन्छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार