टोकियो । भ्रमणमा रुची राख्नेहरुका लागि जापान प्रमुख देशहरुको अग्र सुचीमा पर्छ । त्यसमा पनि राजधानी टोकियो त झनै आकर्षक हुने नै भयो । विश्वका भ्रमण प्रेमीहरुको  मत सर्वेक्षण गरि उत्कृष्ट ट्रिप सुझाउने अन्तर्राष्ट्रिय संस्था ट्रिप एडभाईजरले, टोकियोका केहि घुम्नै पर्ने आकर्षक स्थानहरुको सुची प्रकाशन गरेको छ । सोहि ट्रिप एडभाईजरको एडभाईसमा परेका टोकियोका घुम्न लायक विभिन्न स्थानहरुको बारेमा नेपाल  न्युजपोस्टका लागि राजन गौतमले तयार पारेको एक सामग्री ।

१.नेसनल आर्ट सेन्टर, टोकियो(国立新美術館)

यो संग्रालय रोपोंगी भन्ने ठाउँमा रहेको छ । यो नेसनल आर्ट संग्रहालय  सन् २००८  बाट खुल्ला गरिएको हो । यस संग्राहलयमा,जापानी एनिमेसन कला तथा क्लसिक यूरोपेली कलाकृतिहरु राखिएको छ । यस संग्रहालय सोमबार मात्र खुल्ला हुन्छ ।

२.हप्पोएन (八芳園)

हप्पोएन जापानको एक प्रख्यात बगैंचा हो ।  यसको खास अर्थ चाही, “८ वटा दृष्यहरुको बँगैचा” हो ।यो  परम्परागत जापानी शैलीको बगैँचा हो । साथै यो बगैचा,बिवाह स्थलको रुपमा पनि लोकप्रिय छ । बगैचा अन्य बगैचाको तुलनामा निकै सुन्दर र आकर्षक छ । यस बगैंचालाई हेर्न र त्यहाँ बसेर आनन्द लिनका लागि दैनिक हजारौको संख्यामा पर्यटकहरु आउने गर्दछन् ।

३.एदो टोकियो संग्रहालय(江戸東京博物館)

टोकियोमा थुप्रै संग्रहालयहरु छन् । त्यी मध्ये यो अरु भन्दा खास मानिन्छ । यस संग्रहालयमा एदो पिरियड (江戸時代) देखि मेईजी पिरियड (明治時代) सम्मका कला,संस्कृती, भेषभुषा,तथा शासन व्यवस्थासंग सम्बन्धित वस्तुहरु,देख्न सकिन्छ ।

४.नेश्नल म्युजियम अफ वेस्टर्न आर्ट(国立西洋美術館)

यो संग्रहालय टोकियोको उएनो भन्ने ठाउँमा रहेको छ । यस संग्रहालयमा,आकर्षक पश्चिमी कलाहरुको संग्रह गरिएको छ । यसले टोकियो लाई अझ बढि विविधतायुत्त महानगरको रुपमा परिचित गराईदिएको छ ।

५.टोक्यो स्टेशन मरुनोउचि हल (丸の内 駅 ロービ)

टोकियो स्टेशनको मरुनोउची हल पुननिर्माणमा रहेकाले झट्ट हेर्दा वाउ ! भन्ने  नहुन पनि सक्छ । तर यहाँ रहेका अर्किटेक्चरले जो कोहीको पनि मन लोभाउन सक्छ ।

८.यासुकुनी श्रीन (靖国神社)

यासुकुनी श्रीन ,दोस्रो विश्वयुद्धमा मारिएकाहरुको सम्झना स्वरुप बनाईएको शिरिन(पुर्खाहरुको पुजा गरिने एक प्रकारको जापानी मन्दिर )हो । यसको स्थापना सन् १८६९ मा  मेईजी सम्राटले गरेका हुन् । संग्रहलयमा युद्धका समयमा जापानी सेनाले प्रयोग गरेका हातहतियार र तत्कालिकन राजनीतिक वस्तुस्थितीको अवलोकन तथा अध्यायन गर्न सकिनेछ ।

९.टोक्यो महानगरीय तेइएन आर्ट संग्रहालय(東京庭園美術 館)


यस संग्रहालय जापानी राजकुमार असकाको पूर्वनिवास हो जहाँ विभिन्न वास्तुकला र सुन्दर बगैंचा भएकाले पर्यटकलाई धेरै आकर्षण गरेको पाइएको छ ।

१०.एएनए हवाईजहाज कारखाना

यो कारखाना विमान ऐएनऐेको भित्री बनावट हेर्नको लागि खोलिएको कारखाना हो । यहाँ अपरेटिङ मर्मतका सुविधा हेर्न पाइन्छ । जुन हानेदा एरपोर्टसंग जोडिएको छ।

११.

यस संग्रहालय पनि उएनो पार्कमै रहेको छ र पर्यटकहरुले यहाँ जापान र विश्वका प्राकृतिक इतिहास र वैज्ञानिक प्रदर्शन हेर्न पाउने छन् ।

१२.चिदोरिगफुची

चिदोरिगफुची पनि टोकियोको एक प्रख्यात बगैंचा हो । यहाँ प्रकृतिक सुन्दरताका साथै शान्त बातावरण, बगैंचा, राम्रा रुख र विभिन्न किसिमका चराहरुको अवलोकन गर्न पाएने भएका कारणले पनि चर्चित छ ।

१३.नेजु संग्रहालय

पूर्व आधुनिक जापानी र पूर्व एशियाली कलामा समर्पित भएको यस संग्रहालयमा चित्र, मूर्तिहरु र माटोबाट बनेका भाँडाहरु देख्न पाइन्छ । जुन हजार वर्षभन्दा पुराना हुन् ।

१४.आकाशक महल
कुनै समयमा राजकुमारको महल रहेको यो ठाउँ अहिले विदेशबाट आएका महत्वपूर्ण राजनीतिज्ञहरुको लागि बसोबास गर्न दिएको छ । यो ठाउँ सर्वसाधारणका लागि भने वर्षमा सीमित दिन मात्र खुल्ला हुन्छ । सर्वसाधारणका लागि खुल्ला गरिएको समयमा भने निकै भिड लाग्ने गर्दछ ।

१५.टोक्यो राष्ट्रिय संग्रहालय

उएनो पार्कमा अरु विभिन्न संग्रहालय भए पनि यस संग्रहालयमा जापानी पुरातन समयका एकदम महत्वपूर्ण पुरातन, ऐतिहासिक र कलात्मक कला र सामग्री देख्न पाइन्छ । जाापानको पुरातन इतिहासा झल्कने भएकोले मान्छेले यस संग्रहालयलाई धेरै रुचाउने गरेका छन् ।

१६.मेइजि श्रीने

शिबुयास्थित मेइजि श्रीने सम्राट मेइजि र उनको पत्नी शोकेनको सम्झना र आत्माको शान्तिको लागि समर्पित छ । यो क्षेत्र पुरै बन जंगलले ढाकिएको छ ।

१७.टोक्यो रेसकोर्स

जापानलाई मोटर वाहन एथलेटिक्स लागि प्रतिष्ठित देश मानिन्छ । तर यो ठाउँ गाडी अथवा मोटरसाइकलको दौड हुने ठाउँ होइन । यस ठाउँमा विशेषत घोडा दौड हुने गर्दछ ।

१८.शिन्जुकु ग्योएन राष्ट्रिय बगैंचा

वसन्त ऋतुको बेलामा चेरी फूलेर त्यसको पात झर्दा त्यहाँको सौन्दर्य नै भिन्न हुन्छ । अत्यन्त शान्त वातावरण र सुन्दरताका साथै त्यहाँ बस्दा समय बितेको पत्तो हुँदैन । यसै सुन्दररत हेर्नका लागि पर्यटकहरु यहाँ आउने गर्दछन् । त्यहाँ प्रवेश गर्न भने २०० येन तिर्नु पर्दछ ।

१९.टोक्यो टावर

यो टावरले टोकियोको गौरबलाई दर्शाएको छ । अग्लो भएकाले यसबाट टोकियो शहर राम्रोसंग देख्न सकिन्छ । टावरमा लगाइएको सुन्तला र सेतो रङको मिश्रणले यसलाई अझै फरक स्वरुप दिएको छ । त्यहाँको पार्क पनि गजबको छ।

२०.जेएल स्काइ संग्रहालय

जापान एयरलाइन्सको आफ्नै संग्रहालय र मर्मत केन्द्र छन्, जुन हनेदा एरपोर्ट नजिक छ । त्यहाँ आउने मानिसहरुले विमानहरुका प्रााविधिकहरुले काम गरेका वा विमान मर्मत भइरहेको हेर्न पाउँछन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार