सायद, जापान मात्र एउटा त्यस्तो मुलुक होला जहाँ विश्वकै आश्चर्य लाग्दा अनि चमत्कारिक दृश्यहरु पनि सहजै देख्न सकिन्छ । आज यहाँहरुको माझमा घर पालुवा जानवर र मानिस बिचको गज्जवको मित्रताको केहि तस्बिरहरु प्रस्तुत गर्दैछौँ । सामान्यतः घरपालुवा जनावारहरु मन पराउने जापानीहरु अधिक छन् । कुकुर र बिरालो सबैभन्दा धेरै पालिने घर पालुवा जानवर भित्र पर्दछ भने, जापानमा यसका अलाव, माछा तथा अन्य किराकारी पनि पाल्ने गर्दछन् । अझ कतिपय मानिसहरु त सर्पलाई समेत घरपालुवा जनावरकारुपमा पाल्ने गर्दछन् ।

आज यहाँ चर्चा गर्न लागेको चाहिँ एक वर्षे बालिका मामे र जायन्ट पुडल ( कुकुरको प्रजाति ) बिचको मित्रताको हो । जो समाजिक सञ्जाल प्रयोगकर्ता जापानीहरुमाझ निक्कै लोकप्रिय बनेको छ । यो जोडिको ईन्स्टाग्राममा १ लाख भन्दा बढ़ी फ्लोअरस् छन् । आउनुस् यि तस्बिर हरेर तपाई पनी यि जोडिको मित्रता अजमाउनुहोस् ।

एजेन्सीको सहयोगमा राजन गौतमको प्रस्तुति


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार