टोकियो । पाल्पा समाज जापानको दोश्रो अधिवेशन हुने  मिती तय भएको छ ।

समाजको दोश्रो अधिवेशन टोकियोस्थित ओचुकामा डिसेम्वर ३१ तारिखका लागि तय गरिएको हो ।  २ वर्ष अगाडि निरन्जन गैरे ( समाजका वर्तमान अध्यक्ष)को  नेतृत्वमा गठित समाजले जापानमा आईपर्ने जापानवासी नेपालीहरुको समस्यामा हातेमालो गर्दै जिल्लावासी पाल्पालीहरुलाई संगठित गर्दै आर्थिक सहयोग समेत गर्दै आइरहेको छ ।

समाजले दोश्रो अधिवेशनबाट आगामी कार्यकालका लागि महत्वकाँक्षी योजना सहित नयाँ नेतृत्व चयन गर्नुका साथै संगठन विस्तारको अभियानलाई तिब्रता दिने बताईएको छ ।अध्यक्ष गैरेका अनुसार समाजले,  ५० लाखको अक्षय कोष स्थापनाका लागि अभियान समेत अगाडि सारेको छ  ।यसका साथै  नेपाली राजदूतावासको सहयोगमा पाल्पामा कृषि सम्वन्धि अत्याधुनिक उपकरण भित्र्याउने लक्ष्य पनि लिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार