टोकियो । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन २’ का प्रवल सम्भावना बोकेका  प्रतिष्पर्धी  बिक्रम बराललाई जिताउनका लागि जापानमा पनि अभियान थालिएको छ । 

पोखराका, गोल्डेन माईक बिजेता बिक्रमलाई दोश्रो नेपाल आईडल बनाउनका लागि जापानमा  कृयाशील कास्की पोखरा समाजले अभियान थालेको हो । समाजका अध्यक्ष बिकास श्रेष्ठका अनुसार बिक्रम बराल जिताऊँ अभियानको शुरुवात स्वरुप बिहिबार २० हजार नेपाली रुपैँया  नेपाल पठाईएको छ । 

ओभरसिज रेमिट्टयांसले पनि,  विप्रेषण गरिएको सो रकमका लागि लाग्ने सेवा शुल्क, निशुल्क गरी प्रतिभा प्रवर्द्धनमा एैक्यवद्धता जनाएको छ । रकम हस्तान्तरण कार्यक्रममा, समाजका अध्यक्ष विकास श्रेष्ठसँगै,सदस्य लिल गुरुङ् तथा  बिष्णु त्रिपाठीको पनि उपस्थिती रहेको थियो । 

नेपाल आईडलको यात्रा रोचक बन्दै गएको छ । आइडल चुन्ने दिने अब धेरै नरहेकाले यात्रा रोचक  बन्दै गएको हो ।आइडलमा अब ६ जना प्रतिस्पर्धी मात्रै बाँकी छन् । ‘नेपाल आइडल २’ को उपाधि कसले बाजी मार्ला त ? यो प्रश्नको धेरैले गर्दछन् । अहिले नै यो प्रश्नको सही जवाफ दिन गाह्रो छ ।आइडलमा बाँकी रहेका प्रतिस्पर्धी कोही भन्दा कोही कम छैनन् । सबै उत्कृष्ट छन् । उनीहरुले लाखौं स्रोता-दर्शकको मन जितिसकेका छन् । सबै उत्कृष्ट भए पनि आइडलको उपाधि जित्ने भनेको एकजनाले मात्रै हो ।

सर्वाधिक भोटका आधारमा आइडल बन्ने नियमका कारण प्रतिस्पर्धी निकै मिहिनेतका साथ मञ्चमा प्रस्तुत भइरहेका छन् । बाँकी रहेका प्रतिस्पर्धीका समर्थक नि आफूलाई मन परेको व्यक्तिलाई जिताउन रातदिन नभनि लागीरहेका छन् ।फेसबुक पेज, ग्रुप बनाएर हुन्छ या अन्य कुनै माध्यमबाट नै आफ्नो मन पर्ने प्रतिस्पर्धीलाई आइडल बनाउन समर्थक प्रचारमा व्यस्त छन् ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार