टोकियो । धादिङ समाज जापानको तेस्रो अधिबेशन आउँदो डिसेम्बर २९ तारिख , गरिने भएको छ।

सोमबार, टोकियो सिनओकुबो स्थित नेवा: डाईनिंगमा  सम्पन्न कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।  उक्त बैठकले समाजका अध्यक्ष कृष्ण प्रसाद खनालको अध्यक्षतामा ८ सदस्यीय अधिबेशन आयोजक कमिटी गठन गरेको समाजका महासचिब दिनेश लोहनीले जानकारी गराउनुभयो।

समाजका अध्यक्ष, कृष्ण प्रसाद खनालका अनुसार, समाज, धादिङ् जिल्लाका विभिन्न स्थानबाट आई, विविध पेशा व्यवसायमा संलग्न धादिङेलीहरुमा प्रवासमा भईपरि आउने समस्याहरुमा सहजिकरण गर्दै, धादिङ्को भौतिक तथा शैक्षिक विकासको क्षेत्रमा योगदान पुर्याउने उद्देश्यका साथ कृयाशील रहेको र आगमी दिनमा अझ शसक्त र प्रभावकारी ढंगले अगाडि बढाउने योजना रहेको छ । 

जापानमा  रहेका समग्र धादिङेलीहरुको हकहित र समस्याहरुको सम्बोधन गर्नका लागि खोलिएको संस्था भएकाले, उल्लेख्य सहभागिता जनाई  अधिवेशनलाई भव्य बनाउनका लागि  महाचिव लोहनीले , सम्पुर्ण जापानबासी धादिङेलीहरुलाई समय छुट्याउनको लागि आग्रह पनि  गर्नुभएको छ ।

साथै बैठकले, हालसालै निधन हुनु भएका एनआरएनए अन्तराष्ट्रिय समन्यपरिदका अध्यक्ष  भबन भट्टका पिता तथा पूर्व बाणिज्य राज्यमन्त्री यदुप्रसाद भट्टको निधनमा गहिरो दु:ख प्रकट गर्दै सोक सन्तप्त परिवारमा हार्दिक समबेदना प्रकट गरेको छ।

अधिवेशनबारे विस्तृत बिवरण 

मिति :२०१८/१२/२९ शनिबार

समय:दिउँसो २ बजेदेखि ५ बजेसम्म

स्थान:सोलमारी मुरा हल, सिनओकुबो


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार