टोकियो । नोवेम्बर २५ तारिख आईतबार टोकियोको मेगुरोमा चलचित्र ‘कायरा ‘प्रदर्शन गरिने भएको छ । 

गुल्मेली समाज जापान र बस्नेत परिवार जापानको संयुक्त  वृद्धाश्रमलाई सहयोगार्थ ‘कायरा’प्रदर्शन गर्न लागिएको हो । चलचित्र प्रदर्शनका लागि जापान आईपुगेका नायक आर्यन सिग्देलले चलचित्र निक्कै राम्रो  र विशेष प्रेमकथामा आधरित रहेको र आफुले खेलेको मध्ये अझ विशेष रहेको जानकारी गराए । साथै उनले चलचित्रको आन्तरिक विषयवस्तु  हलमा नै गएर हेरेपछि थाह हुने भन्दै  सम्पूर्ण जापानवासी  चलचित्र प्रेमिहरुलाई  निमन्त्रणा पनि गरे । 

(पत्रकार सम्मेलनमा यस्तो देखियो)

चलचित्र प्रदर्शनबारे जानकारी दिने उदेश्यले आयोजित पत्रकार सम्मेलनमा नायक सिग्देलले भने -‘जापान प्रदर्शन व्यवसायिक,भन्दा पनि सामाजिक उद्देश्यले प्रेरित रहेकाले कति कमाउँछ भन्दा पनि केहि संकलन भएमा पुन्यकर्ममा सदुपयोग हुन्छ। तपाईहरुले प्रदेशको यो व्यस्थतामा छुट्याउनुहुने महत्वपूर्ण समय र दुख गरेर आर्जन गरेको रमकमले मनोरन्जनसंगै सेवाको कर्ममा पनि हिस्सेदार बन्नेछ ।’

‘कायरा’आर्यन सिग्देल इन्टरटेन्मेन्ट र आर एन्ड आर प्रोडक्शनको ब्यानरमा निर्माण भएको  चलचित्र  हो ।  चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मीको प्रेम, विछोडलाई देखाइएको छ ।

म्यूजिकल लभ स्टोरी कथामा निर्माण भएको यो चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । चलचित्रमा आर्यन र साम्राज्ञीको साथमा शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने, मरिषा श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, प्रविण सिंहको कोरियोग्राफी, शिवराम श्रेष्ठको छायांकन, केदार भुषालको पटकथा तथा संवाद, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन छ । चलचित्रको सम्पूर्ण छायांकन फिलिपिन्समा गरिएको छ । फिलिपिन्सका दृश्य, आर्यन र साम्राज्ञीको केमेष्ट्री, गीतसंगीतले चलचित्र उत्कृष्ट बनेको अड्कल लगाउन सकिन्छ ।

साउन १८ गतेबाट रिलिज हुने चलचित्रबाट नायक सिग्देल निकै उत्साहित छन् । उनले, अब आफूले नराम्रो चलचित्र नखेल्ने बताइसकेका छन् ।

  


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार