टोकियो । “महको म” लिएर जापान आइपुग्नु भएका हास्य कलाकार मदन कृष्ण श्रेष्ठले यो पटकको जापानको कार्यक्रम ज्ञानको साटासाट हुने बताउनु भएको छ ।
शुक्रवार जापानको राजधानी टोकियो स्थित सोलमरी मुरा हलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा ब्यक्त गर्नु भएको हो ।
महको म पुस्तकको प्रोमोशन तथा सांस्कृतिक कार्यक्रमको लागी मदन कृष्ण श्रेष्ठ लगाएत ४ जना ‘महको म’लिएर जापान आइपुग्नु भएको छ ।
जापानको टोकियोस्थित नाकानो जिरो हलमा “महको म प्रमोशन तथा म्यूज़िकल एभेंट कार्यक्रम “लागी मदन कृष्ण श्रेष्ठ लगाएत ४ जनाको टोली बिहीवार टोकियो आइपुग्नु भएको हो ।

कार्यक्रमको टीम संयोजक रबी श्रेष्ठको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा हास्य कलाकार मदन कृष्ण श्रेष्ठ,कलाकारहरू यमन श्रेष्ठ,नील शाक्य,,सुन्दर तुलाधर साथै नेपाल पत्रकार महासंघ जापानको अध्यक्ष मोहन घले लगाएतको उपस्थित रहेको थियो ।
आयोजक शिन्जोउ कर्पोरेशनका,भर्ब इंटरनेशनलबाट र राइज़ पर्लले संयुक्त रूप आयोजना गरेको महको म पुस्तकको प्रोमोशन तथा सांस्कृतिक कार्यक्रममा उपस्थितको लागी आयोजक टीमले जापानवासी नेपालीहरूलाई अनुरोध गरेको छ ।

समाचार : शान्त पहरी


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार