कात्तिके देउराली समाज दक्षिण कोरियाले बिशेष अधिबेशन सम्पन्न गरेको छ ।
बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउदै आइरहेको एकीकृत युवा समूह “कात्तिके देउरालि समाज दक्षिण कोरियाले ” यहि छुसग २०१८-०९-२३ तारिख सउलमा कुनैपनि प्रचारप्रसार नगरी बिशेष अधिबेशन सप्पन्न गरेको हो ।

किशोर गौतमको कार्यबाहक अध्यक्षतामा बसेको कात्तिके देउराली समाजका सम्पूर्ण ४४ सदस्यीय बैठकले – कार्यसमितिका अध्यक्ष र कोषाध्यक्षको राजिनामा आएपछि (प्रकृयागत नेपाल ) संस्थालाई मझबुत बनाएर अगाडी बढाउनको निम्ति बिशेष अधिबेशनको माग भएको समिति सदस्य दिनेश गौतमले जानकारी दिनुभयो ।

संस्था को जिम्मेवार पद रिक्त भएपछि विशेष अधिबेशनले राजेन्द्र दुलालको अध्यक्षतमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
विशेष अधिबेशनबाट उपाध्यक्षमा बालकृष्ण बाँसकोटा ,सचिबमा उमेश चौँलागाइ र कोषाध्यक्षमा खडानन्द चौँलागाइ चयन भएका छन । सदस्यहरुमा जगतमान लामा , दिनेश चौँलागाइ , नारायण गौतम , रत्न दोङ लामा र प्रयास हुँमागाइ चयन भएका छन।

“प्रबशी एकता आजको आवश्यकता सामाजिक कार्यमा हाम्रो प्रतिबद्धता” भन्ने मुल नारा बोकेको संस्थाले समाजका सम्पुर्ण युवाहरूको समानता र उत्साहजनक परोपकारी भाबनालेनै गाउँमा अति महत्त्वपूर्ण एम्बुलेन्स सेवा / पटक पटक गरिबी तथा पिडित सहयोगार्थमा प्रमुख भुमिका खेल्दै आइरहेको र भोलिका दिनमा पनि परोपकारी कार्यमा अग्रसर भुमिकामा रहने समाजले जनाएको छ ।

तस्बिरहरु

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार