टोकियो ।एनआरएनए जापानको पहलमा जापानमा अध्यायनरत ३० जना जेहेन्दार विद्यार्थीहरुलाई एक विशेष छात्रवृत्ती प्रदान गरिने भएको छ ।

पछिल्लो समयमा नेपाली बिध्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि  जापान आऊने संख्यामा वृद्धी भएसंगै  बिध्यार्थीहरूमा दिन प्रति दिन समस्याहरु पनि बढ्न थालेको छ । यिनै बढ्दो समस्याहरुको न्युनिकरणमा ,  एनआरएनए जापानले आफ्नो ध्यान केन्द्रित गर्दै बिध्यार्थी लक्षित विविध कार्यक्रमहरू ल्याउने प्रयास गरेको छ ।नेपाल बाट आउने धेरै बिध्यार्थीको आकांक्षा भाषा स्कूल तथा भोकेसनल कलेज अध्ययन पश्चात कम्पनीमा वर्किंग भिसा परिवर्तन गरी अर्थोपार्जन गर्ने भएतापनी केही बिध्यार्थीको उद्देश्य भने उच्च शिक्षा अध्ययन गर्नकै लागि आउने तर कलेज शुल्क तिर्न र आफ्नो दैनिक खर्च चलाउनको लागी मात्रै पनी काममा बढ़ी ध्यान दिनु पर्ने भएकाले अध्ययनमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकीरहेको अवस्थालाई मध्यनजर गर्दै हाल जापानी भाषा स्कूलमा अध्ययनरत जेहेन्दार तथा लगनशील ३० जना बिध्यार्थीहरूलाई मासिक ३ मान (३० हजार नेपाली रुपाँया) बराबरको छात्रवृत्ति प्रदान गरिने एनआरएनए जापानका प्रवक्ता पर्शुराम बस्नेतले जानकारी गराउनु भयो।

छात्रवृत्तिका लागि आवेदन खुल्ला गरिएको र इच्छुक बिध्यार्थीले तल उल्लेख गरिएको  लिंकमा आफ्नो बिवरण सहित आवेदन दिन सक्ने बताईएको छ ।छात्रवृत्तीका लागि अक्टोबर १५ भित्र आवेदन दिईसक्नुपर्ने बताईएको छ ।   जापानको जुनसुकै क्षेत्रमा भाषा स्कूल अध्ययनरत बिध्यार्थीले आवेदन दिन सक्नेछन्।छात्रवृत्तिको लागी छनौट भईसकेपछी सम्बन्धित बिध्यार्थीको व्यक्तिगत बैंक खाता मार्फ़त प्रत्येक महिना ३० हजार जापानी येनका दरले रकम प्रदान गरिने छ भने उक्त बिध्यार्थीले छात्रवृत्ति लिन शुरू गरेपछि जापान सरकारको नियम अनुसार २८ घण्टा भन्दा बढ़ी समय काम(आरुबाईतो )गर्न पाउने छैनन् ।

गत जुन १९ तारिक एनआरएनए जापान अध्यक्ष टाशी वांग्दी लामा र ईन्टरनेशनल ह्युम्यान रिसोर्स नेटवर्क (international Human Resource network organisation(IHNO)संग समन्वय गरेर सेवामुलक क्षेत्रमा काम गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत योसिहारु कोमियामा बीच भएको दोहोरो सम्झौता लाई कार्यान्वयन गर्दै पहिलो पटक संस्था मार्फ़त एनआरएनए जापान ले हाललाई ३० जना नेपाली जेहेन्दार तथा लगनशील बिध्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

(IHNO) ले बिदेशी बिध्यार्थीहरुलाई यस्तै सहयोग गर्दै आएको छ।यसको प्रभावकारीता बढेक़ो खण्डमा आगामी दिनमा यो, सेवा अझै थप गर्दै लैजाने अध्यक्ष टाशी वाँग्दी लामाले बाताउनु भयो । लामाका अनुसार, सन २०१८ भित्रै यो सुबिधा शुरु गरिने छ ।

छात्रवृत्ति छनौट गर्दा बिध्यार्थीको बायोडाटा ,नेपालमा अध्ययन गरेको प्रमाणपत्र, र हाल अध्ययनरत स्कुलको उपस्थिती दर  संगै सम्बन्धित बिध्यार्थीको अनुशासन र लगनशीलताको बारेमा कलेज संग सम्पर्क समेत गरेर सोधिने र छनौट प्रक्रिया पारदर्शी हूने प्रवक्ता बस्नेतले जानकारी गराउनु भएको छ।

छात्रवृत्तीको आवेदनको लागि यहाँ क्लिक गर्नुहोला


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार