
टोकियो । जापानमा रहेका महिला दिदीबहिनीहरुको बढ्दो स्वास्थ्य समस्या न्युनिकरणमा एनआरएनए महिला फोरम जापानले पहल गर्ने भएको छ ।
जापानमा बढ्दो नेपालीहरुको संख्यासंगै स्वास्थ्य समस्याहरु पनि बढिरहेको छ, त्यसमा पनि महिला दिदीबहिनीहरुको समस्या अझ बिकराल बन्दै गईरहेको अवस्थामा यो कार्यक्रम गर्न लागिएको संयोजक सबिता श्रेष्ठले जानकारी दिनुभयो ।
एनआरएनए महिला फोरम जापानले जापान सरकारको वडाकार्यलयहरुबाट गरिने स्वास्थ्य जाँच र सुबिधा बारे जानकारी तथा परिवार नियोजन र गर्भपतनबारे जापानको नियम कानुन कस्तो छ त ? भन्ने जानकारी गराउने उद्देश्येले एक विशेष कार्यक्रमको आयोजना गर्न लागेको बताईएको छ । कार्यक्रम आगमी जुलाई ८ तारिख आईतबार टोकियोको सिन्जुकु ह्याकुनिन च्यो -२-२० -२३,स्थित सोलमारी मुरा हलमा, दिनको २ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । यो स्वास्थ्य परिक्षण गराउने कार्यक्रम नभई स्वास्थ्य सचेतना जगाउने जानकारी मुलक कार्यक्रम हो । साथै आफ्ना स्वास्थ्यसंग सम्बन्धित केहि जिज्ञासा भएमा पुर्व स्वास्थ्य परिक्षण रिपोर्ट लिएर जानकालागि अनुरोध गरिएको छ । सबै सामु व्यक्त गर्न नसकिने खालका स्त्रिरोग संग सम्बन्धित जिज्ञासाहरु भएमा गोप्यरुपमा सम्बन्धित विशेषज्ञसंग राख्न सकिने व्यवस्था पनि गरिएको बताईएको छ । कार्यक्रममा नि :शुल्क सहभागी बन्न सकिनेछ ।
कार्यक्रममा, नेपालीहरुका लागि सुचना प्रवाह नेटवर्क(IDNJ) को पनि सहयोग रहेको जनाईएको छ । कार्यक्रममा-जापानी स्वास्थ्य विशेषज्ञहरुबाट महिला स्वास्थ्य र त्यसका लागि उपलब्ध सुबिधाको जानकारी तथा परिवार नियोजन र गर्भपतनको नियम कानुनबारे जानकारी गराईनेछ । कार्यक्रमका लागि सिन्जुकु वडाकार्यलय मातहातको सिन्जुकु हिगासी सिन्जु स्वास्थ्य सेन्टरको विशेषज्ञिय सहयोग रहेनेछ । साथै जापानी र नेपाली दोभाषेहरुको पनि व्यवस्था हुने भएकाले भाषा नबुझ्नेहरुका लागि पनि उपयुक्त रहेको जानकारी गराईएको छ ।
यस कार्यक्रम, सबिता श्रेष्ठको संयोजकत्वमा गठित एनआरएनए जापानको महिला फोरमको आयोजनामा हुने पहिलो कार्यक्रम हो । पहिलो भएता पनि भरपुर तयारीका साथ गरिएकाले नेपाली महिला दिदीबहिनीहरुको बढ्दो स्वास्थ्य समस्या न्युनिकरणकालागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको एनआरएनए जापानका प्रवक्ता पर्शु बस्नेतले जानकारी गराउनुभयो ।
कार्यक्रममा सहभागिता एवं अन्य जानकारीका लागि – (सबिता) 080 4946 6426 (संगिता) 090 4459 8559 र (सिर्जना) 080 6012 3739 मा सम्पर्क गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- एनआरएनए जापानले गर्यो एक एेतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसंगै छात्रवृत्ती
- प्रिया गुरुङ उपचारार्थ सहयोगको अपिल
- जापानमा फेरि अर्की एक नेपालीको निधन
- एनआरएनए महिला फोरम जापानद्वारा महिला स्वास्थ्य समस्या न्युनिकरणका लागि विशेष सेमिनारको आयोजना गरिने
- जापानमा नेपालि विद्यार्थीद्दारा आत्महत्या, अन्त्येष्टिका लागि सहयोगको अपिल ।
- हार्दिक अपील।। सके पैसाले सहयोग नसके कमसेकम एक सेयर गरेर सहयोगी हातसम्म पुर्याउ !
- बाँझोपन के हो? कारण र उपचार
- हज्जारौँ पुराना घरहरु जहाँ अझै मानिस बस्दछन्
- यि हुन् हालसम्म मानिस बस्न मिल्ने हज्जारौँ वर्ष पुराना घरहरु
- पुरुष यौनाङ्ग देख्दा डर लाग्ने रोग
- जापानका यि सहरहरुमा राती हिँड्दा ख्याल गर्नुहोस् है ! खतरा पनि हुनसक्छ ।
- नेपालका यी ३० प्रभावशाली नेताहरुको पढाई कति ? सबै भन्दा कम पढेको को होला ?
- सम्बन्ध देखाउन नचाएको कि नाटकीय पारा देखाएको !! सन्दर्भ आँप जोडी
- जापान काण्ड देखि नेपालका टप ५ काण्डहरुको नालीबेला – यसरी लिक भएको थियो
- विवाहमा समेत नआएका सुनिल किन फर्किदै छन् ‘द कपिल शर्मा शो’?