जापानमा एक नेपाली युवतीको निधन भएको छ ।

गल्कोट हटिया घर भएकी सोनु श्रेष्ठको नाकानोस्थित एक अस्पातलमा उपचारको क्रममा निधन भएको हो ।

एक हप्ता अघि सो अस्पातल उपचारका लागि पुगेकी श्रेष्ठ फर्कदा अस्पतलको गेटमा वेहोस् भएपछि पूनः भर्ना गरिएको थियो । एक हप्ताको उपचार पश्चात उनलाई हस्पिटलले मृत घोषणा गरेको हो ।

मृतक श्रेष्ठको अन्त्यष्ठी यही शनिवार दिउँसो २ः३० मा सिनागावा स्थित निसी गोतान्दामा गरिने भएको छ ।

यसै साता मात्र पोखराका २८ वर्षीय राजु केसी राती सुतिरहेकै अवस्थामा निधन भएको थियो । सन् २०१४ मा जापान प्रवेश गरेका केसी टोकियो युनिभर्सिटी अफ सोसियल वेलफेर जापानीज स्कुलमा २ वर्ष अध्ययन सकी सनसाईन सेन्मोन गाक्कोउमा २ वर्षे अध्ययन पश्चात कम्पनीमा काम सुरु गरेका राजु साथीहरुसंग एउटै कम्पनीबाट रोजगारी भिसा हासिल गरेको खुशीयालीमा रमाईलो गरी खानपिन गरी राजु सकुशल सुतेको भएपनि विहान मृत भेटिएका थिए । उनको शब नेपाल पठाउनका लागि विभिन्न संस्था तथा व्यक्तिहरुको पहलमा आर्थिक संकलन अभियान समेत सूचारु छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार