टोकियो ।जापान भन्ने बित्तिकै सबैको मानसपटलमा तीब्र विकास,उच्चस्तरको प्रविधि,शिष्ट मानिसहरु आदि सकारात्मक बिम्बहरु खेल्न थाल्दछन् । तर आज ति सबै भन्दा फरक पाटोलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ । जापान पनि अन्य देश जस्तै   मानासहरुकै मुलुक भएकाले यहाँ पनि अन्य मुलुकमा जस्ता हरेक गतिविधिहरु हुने गर्दछन् । फरक यति हो यहाँ नराम्रा भन्दा र राम्रा र खराब मान्छे भन्दा असल मानिसहरुको बाहुल्यता छ । यहाँका मानिसहरु काम अनि काम मै रमाउने प्रयास गरिरहेका हुन्छन् । कतिपय अवस्थामा प्रतिकार बिहिन जिन्दगी बिताईरहेका हुन्छन् जापानीहरु । जस्का कारण मुखले/ बोलिले परिस्थितीहरुको प्रतिकार नगरेपनि मनमा स्ट्रेस भने अवश्य पैदा हुन्छ । र त्यी स्ट्रेसहरुको न्युनिकरण या खुसी हुने बहानाका रुपमा अधिकाँस अल्कोहलजन्य मादक पदार्थ पिउनुलाई मान्ने गरिन्छ । र महँगीको मुलुक जापानमा तुलानात्मकरुरमा अल्कोहल जन्य पदार्थ सस्ता पनि छन् । असल जापानीहरुका अल्कोहलिक जिवनशैली झल्किने केहि तस्बिरहरु प्रस्तुत गर्दैछौँ । यि तस्बिरहरु ब्रिटिस फोटोग्राफर लि च्यापम्यानले विभिन्न समयमा खिचेका हुन् ।

  


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार