११ वैशाख, पोखरा । प्रिया गुरुङ् उपचारका लागि सहयोगको अपिल गरिएको छ ।उत्तरी गोरखा मान्बु गा.वि.स. हाल पोखरामा बसोबास गर्दैआएकी प्रिया गुरुङको क्यान्सरको उपचारार्थ गण्डकी मेडिकल कलेजले ईन्डीया राजीव गान्धि क्यान्सर हस्पिटलमा रिफर गरेको छ ।

जनप्रिय मा.वि.मा स्नातकतहमा  अध्ययानरत १९ वर्षिया छोरी प्रिया ग नसा सम्बन्धी क्यानसर रोगले ग्रसित भएकी हुन् ।आर्थिकरुपमा  कमजोर परिवारमा उनको उपचार खर्चले ठुलो आर्थिक भार परेको बताईएको छ । परिवारमा दुई छोरी एक छोरा रहेको र १९ वर्षकी प्रिया गुरुङ ठुली र उनकी बहिनी १७ वर्षकी छिन भने भाई १३ वर्षका रहेको बाबु सुर्य गरुङले बताए । आर्थिक आर्जन गर्ने आफु एक्लो  रहेको र सबै विद्यार्थी भएकोले  छोरी प्रियाको  उपचार  गर्न सहयोगको अपिल गरेको उनले बताए ।

प्रियाको उपचारका लागि १६ लाख (१६०००००) भारतिय रुपैयाँ लाग्ने हस्पिटलले बताएको  छ ।आर्थिक सहयोग गर्ने इच्छुक व्यक्ति वा संघ संस्थालाई प्रिया गुरुङको बुबालाई सम्पर्क गरी सहयोग गर्न सकुने छ ।


सम्पर्क नं ००९१९९७१३९३१६६ (ईण्डिया)
सुर्य बहादुर गुरुङ
खाता नं. ०११०१०९०२५०२१४
swift code No NIBLNPKT
NEPAL INVESTMENT BANK LTD


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार