काठमाडौं, २४ फागुन । इँटा भट्टाको गेटमै लेखिएको छ ‘बाल श्रममुक्त छ ।’ खेतमा लहरै सुकाइएका छन् काँचो इँटा । बन्दै गरेका इँटाका आकार असरल्ल छन् । इँटाकै चाङ लगाएर बनाएका झ्यालीहरु (एककोठे छाप्रो) देखिन्छ ।
टुक्रिएका इँटाको धुलोमा दुई वर्षदेखि १२ वर्षसम्मका बालबालिका खेलिरहेका छन् । च्यातिएको एकसरो लुगामा रहेका उनीहरुका खुट्टामा चप्पल छैनन् । कुनै बालबालिकाले ठुला मान्छेका चप्पल लतारिरहेका छन् । कतिपयले त कट्टु पनि लगाएका छैनन् । उनीहरु स्कुल जान पाएका छनु न आमाबाबुलाई स्कुल पठाउनु पर्छ भन्ने चेतना छ ।

भक्तपुर चाँगुनारायणमा रहेको कुमारीमाता इँटा भट्टाको दृष्य हो यो । भट्टामा सबै मजदुर व्यस्त छन् । कोही इँटा पकाउँदैछन् त कोही इँटा बोकेर ट्याक्टरमा लोड गर्दैछन् ।
मजदुरका दैनिकी दुःखपूर्ण हु्न्छ नै । उनीहरुलाई सास धान्नसँग मात्रै सरोकार छ । परिवारलाई दुई छाक पेटभरि खुवाउनु छ । कसैकसैलाई भने गाउँमा रहेका छोराछोरीका लागि किताबकापी किनिदिनु छ । आजको अन्नपुर्ण पोस्ट दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार