सुर्खेत, २९ पुस । चौकुने गाउँपालिका–६ भावरका टोपबहादुर बयक गाउँपालिका सचिव हुन् । उनकै घरमा छाउगोठ (महिनावारी भएका महिला बस्ने घर) छ ।
सरकारले जनप्रतिनिधि र कर्मचारीका घरमा छाउगोठ भेटिए सरकारी सेवा – सुविधा रोक्का गर्ने निर्णय गरेको बयकलाई जानकारी नभएको भने होइन । ‘घरमा बुवा धामी हुनुहुन्छ , महिनावारी भएका महिलालाई घरभित्र राखे देउता रिसाउँछन् भन्नुहुन्छ, ’ बयकले भने, आफू मान्दिनँ तर घरकालाई सम्झाउन सकिँदो रहेनछ ।’

पञ्चपुरी नगरपालिका–१० का वेदराज भण्डारी निर्वाचित वडा सदस्य हुन् । सामाजिक विकृति र कुरीति अन्त्य गर्ने अभियानमा लाग्नुपर्ने भण्डारीकै घरमा छाउगोठ छ । आजको नागरिक दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार