काठमाडौं, २९ मंसिर । कांग्रेसमा शीर्ष नेताहरूबीच बढेको किचलोले महासमिति भेला प्रभावित भएको छ । चुनावपछि थलिएको पार्टीलाई पुनर्जीवन दिन डाकिएको भेलाको मुख्य एजेन्डा विधान मस्यौदा यसकै घानमा परेको छ ।

सुरु हुने अघिल्लो शुक्रबार रातिसम्म विधानमा मतऐक्य हुन सकेन । शुक्रबार साँझ बसेको केन्द्रीय समिति बैठकले विधान मस्यौदालाई अन्तिम रूप दिन नसकेको हो । भेलामा पेश गरिने अन्य चार प्रतिवेदन भने परिमार्जनसहित केन्द्रीय समितिले पारित गरेको छ। मुख्य मानिएको विधानमै किचलो बाँकी छ ।

पछिल्लो समयमा कांग्रेसभित्र गुटगत गतिविधि तीव्र छ। शशांक कोइराला, सुजाता कोइरालालगायतले घरमै पटकपटक बैठक बोलाए। सामुहिक नेतृत्वको पक्षमा आवाज उठिरहेकै बेला शनिबारदेखि काठमाडौंमा महासमिति भेला सुरु हुँदैछ ।

भेलाका लागि देशभरिबाट १६ सय कांग्रेस नेता–कार्यकता राजधानी आइपुगेका छन् । शनिबार ११ बजे सिंहदरबार अगाडिको पार्टी प्यालेसमा भेला उद्घाटन हुनेछ । आजको अन्नपुर्ण पोष्ट दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार