काठमाडौं — १३ वर्षीय बालिका निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले काठमाडौं ल्याएको छ ।
प्रारम्भिक आधार भेटिएको भन्दै सिआईबीको टोलीले उनीहरुलाई धनगढी हुँदै हवाईजहाजबाट बिहीबार साँझ काठमाडौं ल्याएको हो ।
घटनालगत्तै महेन्द्रनगर खटाईएका सिआईबीका अंगुर जिसी निलम्वनमा परेपछि अनुसन्धानमा पठाईएका डिएसपी कमल थापाको टोलीले महेन्द्रनगर भगतपुरका दिनेश चौधरी र बिशाल चौधरीसहित चारजनालाई पक्राउ गरेको हो ।
समुहका एक सदस्यका रुपमा प्रदीप रावल मंगलबारदेखि नै वृत्त महाराजगन्जका थुनामा छन् । अहिलेसम्मको अनुसन्धानमा सामुहिक बलात्कारपछि नै निर्मलाको हत्या भएको देखिन्छ । त्यसैले पाँचजनालाई हिरासतमा लिएका छौँ ।
अनुसन्धानको प्रगतिबाट हामी आशावादी छौँ, एक प्रहरी अधिकारीले बताएको आजको नयाँ पत्रिकामा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार