काठमाडौं — दक्षिण पुर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० बर्षे मल्टिपल बहुप्रदेश भिसा पाउने भएका छन् ।

कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भिसा पाउने मुलुकहरुमा नेपाल, भारत, बंगलादेश, म्यानमार, कम्बोडिया, श्रीलंका, इन्डोनेसिया, लाओस, पाकिस्तान, फिलिपिन्स र भियतनाम रहेका छन् ।

डिसेम्बरबाट लागु हुने नयाँ भिसा नियमअनुसार कोरियाका लागि एकपटक प्राप्त गरेपछि १० बर्षसम्म आवातजावत गर्न पाइने छ । यससँगै बर्सेनी कोरिया घुम्न चाहने पर्यटकका लागि सहज भएको छ ।

यसअघि यी मुलुकहरुले कोरियाका लागि प्रत्येकपटक भिसाका लागि आवेदन दिनुपथ्र्यो । आजको कारोवार दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार