काठमाडौं, ९ मंसिर । काठमाडौं महानगरपालिकाकाले ‘नो मास्क सिटी’ अभियान सुरु गरेको छ । मेयर विद्यासुन्दर शाक्यले चुनावी अभियानका क्रममा काठमाडौँलाई धुलो धुवाँमुक्त बनाएर मास्क लगाउनुनपर्ने शहर बनाउने बाचा गरेका थिए ।

मेयर शाक्यले चुनावी अभियानकै क्रममा मेलम्ची आयोजनाको पाइप खन्दा तथा अन्य कारणबाट सडकमा देखिएका खाल्डाखुल्डीहरु पुर्ने र विशेष प्रविधिको प्रयोग गरि धुलो तथा खाडलरहित काठमाडौँ निर्माण गर्ने योजना आफूसँग भएको पनि बताए ।

मेयर शाक्यलेले अघि सारेका ती योजनाले अब विस्तारै मूर्तरुप लिने महानगरले जनाएको छ । काठमाडौँ महानगरपालिकालाई धुलो धुँवामुक्त बनाउन यस अघि नै विभिन्न ठाउँमा ग्रिनरी मेण्टेन गर्ने, कतिपय ठाउँमा ‘आइल्याड’ बनाएर त्यहाँ पानी हाल्ने काम गरिरहेको महानगरपालिकाले धुलो उठाउन सहज होस भनेर पाँचओटा बु्रमर खरीद प्रक्रियालाई समेत अघि बढाइएको बताइएको छ ।

शनिवारबाट सहरी सौन्दर्यता प्रवर्द्धनमा सघाउ कार्यक्रम शुरु गरेको छ । महानगरले गत कात्तिक २९ गते सहरी व्यवस्थापनमा काम गर्ने विकास साझेदारलाई बोलाएर महानगरको सौदर्य प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरेको थियो । सोही अनुरुप आजबाट सडकको नालीमा बनाइएकाअनावश्यर्क याम्प हटाउने, नालीमा रहेको फोहोर माटो निकाल्ने र त्यस ठाउँमा जेट मेशिनको प्रयोग गरेर सफागर्ने कामको थालनी गरेको हो ।

मेयर शाक्यले उद्घाटन गरेसँगै रत्नपार्कबाट शुरु भएको सडक सरसफाइ अभियान बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वर, भीमसेनगोलाहुँदै सिनामंगलसम्म पुगेको थियो । कार्यक्रममा महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालासँगै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल विद्युत प्राधिकरण, काठमाडौ उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय, नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी र सडक विभागका अधिकारीको सहभागिता थियो ।

महानगरको वातावरण व्यवस्थापन विभागका निमित्तप्रमुख हरिकुमार श्रेष्ठकाअनुसार यो कार्यक्रम हरेक शनिबार नियमित सञ्चालन हुनेछ ।

सडक सरसफाइसँगै महानगरपालिका क्षेत्रभित्र हरियाली प्रर्वद्धन गर्न,अव्यवस्थित रुपमा रहेका केवल, विद्युतका तार तथा पोलहरुको व्यवस्थापन गर्न, खानेपानीका पाइप व्यवस्थापन, डेव्रिज व्यवस्थापन, सडकको ढल तथासतही ढल व्यवस्थापन गर्न, सडक मर्मत तथा मार्किङ् जस्ता काम गर्दा महानगरलाई सूचना दिएर मात्र गर्नु पर्ने विषयमा पनि सरोकारवालानिकायहरु सहमत देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार