काठमाडौं, ७ मंसिर । कृषि फ्रेसले बल्खुको होलसेलमा खरिद गरेको तरकारी उपभोक्तालाई अर्गानिक भनी बिक्रि गर्दै आएको पाइएको छ ।

उसले आफ्नै फार्ममा अर्गानिक तरकारी उत्पादन गरेको दाबी गर्दै उपभोक्तालाई बिक्री गर्दै आएको छ । कृषि फ्रेसले आफ्नो फार्ममा उत्पादन गरेका तरकारी काठमाडौंका विभिन्न १४ पसल आउटलेट बाट गर्दै आईरहेको छ ।

कृषि विकास बहुउदेश्यीय सहकारी संस्थामार्फत सञ्चालन भइरहेको कृषि फ्रेस काठमाडौंमा अर्गा्निक तरकारी उपलब्ध गराउने पसलका रुपमा विगत ९ बर्षदेखि परिचित छ ।

कृषि फ्रेसले बल्खुको तरकारी होलसेलमा खरिद गरेको सागपात उसको कृषि फ्रेसको टीकाथलीमा रहेको फार्ममा पुर्याएर प्याकेजिङ गरी बजरामा अर्गा्निकका नाममा पठाउने तथ्य फेला परेको आजको नागरिक दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार