काठमाडौं, ३ मंसिर । नेपाली सेनाको सबै सैनिक अधिकृतको शैक्षिक प्रमाणपत्र छानबिन सुरु भएको छ ।
सरकारले मान्यता नदिएका संस्था तथा नक्कली प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको आशंकामा सैनिक मुख्यालयले अधिकृत तहका कर्मचारीको शैक्षिक योग्यता पुनः प्रमाणीकरण गर्न लागेको आजको कारोवार दैनिकमा समाचार छ ।
सेवा प्रवेश तथ बढुवाका क्रममा अधिकृतहरुले पेश गरेका सबै शैक्षिक प्रमाणपत्रमाथि छानबिन गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाले निर्देशन दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार