एजेन्सी । संसारका विभिन्न मुलुकमा कर असुल्ने आआफ्नै नियम र प्रावधानहरु छन् । नागरिकहरुलाई राज्यले भरपुर सुबिधा दिएर कर असुल्ने त सुबिधा नै नदिई कर असुल्ने प्रवृत्तिकाबिच विश्व इतिहाँसमा सुन्दैमा अनौठो तथा अपत्यारिलो लाग्ने स्तन कर तिनुपर्ने अनौठो नियम लागू गरिएकोमा दिक्क मान्दै एक महिलाले आफ्नो वक्षस्थल नै काटेर कर कर्मचारीको हातमा राखिदिएको इतिहास छ ।

विश्व इतिहासमा महिलाहरुमाथि स्तन कर पनि लगाइएको विषय त्यसपछि निकै बिवादित बन्यो । महिलाको छाति नापेर स्तनको आकार अनुसार कर असूल गर्नु महिलाहरु माथिको सबैभन्दा ठूलो अन्याय भएको ठहर गर्दै यो विषयमा विश्वभरका महिलाहरु नै एकजुट भएको इतिहाँस छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार