टोकियो । जापान सरकारले, २०२० ओलम्पिक खेल मैदान माथी तथा आसपासको क्षेत्रमा ड्रोन उडानमा प्रतिबन्ध लगाउने बताईएको छ । 

सम्भावित दुर्घटनाको जोखिम एवं आतंककारी गतिविधिहरुमाथी न गर्ने उदेश्यले, ओलम्पिक तथा प्यारा ओलम्पिक हुने क्षेत्रमा अनुमति बेगर उडान गर्न नपाईने जनाईएको छ । त्यसो त जापानमा,  स्वयम सुरक्षाबल तथा अमेरिकी सैन्य क्षेत्रको नजिक ड्रोन लगायतका उड्डयन यन्त्रहरु उडानमा प्रतिबन्धित छ । सन २०१५ मा, प्रधानमन्त्री निवासको छानोमाथी ड्रोन भेटिएको घटना पश्चात जापानमा ड्रोन उडानमा कड़ाई गर्न थालिएको हो । 

ओलम्पिक २०२० का सन्दर्भको ड्रोन उडान अनुमति तथा प्रतिबन्ध सम्बन्धी आवश्यक विद्येयक  अर्को वर्ष संसदमा पेश गरिने जापानी समाचार माध्महरुले जनाएका छन् 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार