काठमाडौं । गीतसंगीत र ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षित बनेको फिल्म ‘प्रसाद’ शुक्रवारबाट प्रदर्शनमा आएको छ ।

सोलो रिलिज पाएको फिल्मले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो । अब दर्शक प्रतिक्रियाले फिल्म लामो रेसको घोडा बन्ने वा नबन्ने निर्धारण गर्नेछ ।
७० बढी सिंगल स्कृन पाएको फिल्मले मल्टिप्लेक्समा पनि उच्च सोज हात पारेको छ । निर्माताले सर्वाधिक शेयर पाउने देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्स च्यानलमा ‘प्रसाद’ ले राजधानीका ५ हलबाट १५ सोज र उपत्यका बाहिरका ४ हलबाट ७ सोज पाएको छ । फिल्मले क्यूएफएक्स च्यानलमा मात्र कुल २२ सोज आफ्नो पक्ष गरेको छ ।
ठमेलको छायाँको २ सोज, सिभिल मलको ४ सोज, कुमारीको १ सोज, लिबिमको ३ सोज र चितवनको जलमा हलमा पाएको २ सोजका सिट भरिसकेका छन् ।
प्रसाद फिल्म ‘नोभेम्बर रेन’, ‘क्लासिक’ लगायतका लभस्टोरी फिल्म निर्देशन गरिसकेका दिनेश राउतले गरेका हुन् । कथा पत्रकार सुशील पौडेलले लेखेका हुन् ।

अन्तरजातिय विवाह गरेर राजधानी छिरेको जोडीको जीवनमा सन्तान नहुँदा आउने उचारचढावको कथा फिल्मले भन्छ । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत फिल्मको केन्द्रिय भूमिकामा छन् । विपिन र नम्रता श्रीमान् श्रीमतीको भूमिकामा छन् भने निश्चल नेगेटिभ रोलमा छन्


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार