टोकियो । लोकप्रिय  लोक तथा दोहोरी गायक सूर्य खड्काको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सो गीतलाई भिडियो सहित जापानमा रहेका ब्यबसायी राम खड्काले बजारमा ल्याएका हुन् ।यो गीत राम खड्काको पहिलो प्रस्तुति हो ।

“सम्झे माया गहिरो” नामक भिडियो सहित सार्वजनिक भएको सो गीतको भिडियोमा राम खड्का र रीना थापा मगरको अभिनय रहेको छ । गीतमा राम खड्का र रिना थापा मगरको रमाइलो नाच देख्न पाइन्छ । जापानमा बसेर सांगीतिक यात्रालाई निरन्तरता दिंदै आएका परदेशी गायक सूर्य खड्काको लय र सिपि मगरको शब्द रहेको गीतलाई गुराँश मुभिज प्रा लि ले बजारमा ल्याएको हो ।

प्रकाश धमलाको सम्पादन रहेको म्युजिक भिडियोको छायांकन बशु बरालको रहेको छ । त्यस्तै म्युजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले गरेकी छिन् ।

आफ्नो पहिलो प्रस्तुति भएता पनि,बजारमा  आएको छोटो समयमै दर्शकहरुको उल्लेख्य मायाँ पाएको खड्काले नेपालन्युजपोस्टसंग बताए ।

भिडियो हेर्नुहोस्

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार