सायद, हिउँ पर्ने सिजन भन्ने बित्तिकै धेरैलाई हिऊँ खेल्ने कुरा दिमागमा आईहाल्छ । जापानको पनि टोकियो जस्तो कहिले कहीँ मात्र हिऊँपर्ने ठाउँमा वस्नेहरुका लागि त हिऊँ परेपछि बढ्ने चिसो या असहज दैनिकी भन्दा पनि हिऊँ परेपछिको हिम उत्सव विशेष लाग्ने गर्दछ । यदि तपाई पनि यस्तै वर्गमा पर्नुहुन्छ भने, आउनुस् जानकारी लिऊँ जापानका केहि मुख्य स्नो फेस्टिभलका बारेमा ।
१.साप्पोरो स्नो फेस्टिवल
यो जापानको सबैभन्दा उत्तरीखण्डमा रहेको होक्काईदोमा मनाईन्छ । जहाँ हरेक वर्ष २० लाखभन्दा बढी पर्यटकहरु त्यहि विशेष मेलाकै लागि पुग्ने अनुमान गरिन्छ । जहाँ हिऊँ बाट नै विभिन्न आकर्षक डिजायनहरु गरि विविध मनमोहक वस्तुहरुको निर्माण गरिएको हुन्छ । तर त्यहाँ त्यो मनमोहक दृश्यमा मन्त्रमुग्ध हुन चाहनेहरुले ( प्लेन टिकेट,होटल) आदि अग्रिम बुकिङ् गर्नुपर्दछ । अन्याथा त्यहाँ जाने सम्भावना न्युन रहन्छ । यस वर्षको मेला भने जनवरी ३१ तारिख देखि फेब्रुअरी ११ २०१९ सम्म तय गरिएको छ ।

२.युनिसिगावा ओनसेन कामकुरा फ़ेस्टिवल
साप्पोरो त धेरै टाढा होक्काईदोको कुरा भयो, त्यसैले त्यहाँ सम्म पुग्ने समय अथवा बजेट दुवै छैन भने पनि चिन्ता नमान्नुहोस् । टोकियोबाट मात्रा २ साढ़े २ घण्टाको दुरीमा रहेको तोचिकी केनमा यो अर्को निक्कै रमाईलो मेला लाग्ने गर्दछ । यहाँ पनि तपाईले अग्रिम बुक गरि स्नो हटस् ( हिऊँ बाट निर्मित कटेज) लगायतका हिउँ सम्बन्धित वस्तुहरु हेरेर या उपभोग गरेर आनन्द लिन सक्नुहुनेछ । यस वर्षको लागि जनवरी २६ देखि मार्च २०१९ सम्मलाई तय भएको छ ।

३.तोकामाची स्नो फेस्टिवल
यो निगाता केनमा हुने अर्को रमाईलो स्नो फ़ेस्टिवल हो । जहाँ तपाईले कन्टेम्पोररी तथा ट्राडिस्नल जापानीज कल्चरलाई एकैसाथ महशुस र अनुभव गर्न सक्नुहुनेछ । यो साप्पोरो स्नो फेस्टिवल जत्तिकै उत्कृष्ट र मनमोहक हुनेगर्दछ । यहाँ पनि हिउँबाट नै बनाईएका स्टेज देखि स्नो लाल्ट्रनहरु लगायतका समग्र चिजहरु हिउँबाट नै बनाईएका हुन्छन् । यस वर्ष पनि त्यहाँ फेब्रुअरी १५ देखि १७ तारिख सम्म यो मेला आयोजना गरिँदै छ ।

४.जावो स्नो मोन्स्टर ईलुमिनेसन
यो चाहिँ, यामागाता को आकर्षक मेला हो । यहाँ जान चाहनेहरुका लागि भने, डिसेम्बर देखि फेब्रुअरी सम्म एकदमै अनुकूल हुनेगर्दछ । यहाँ भनिएको जावो मोन्स्टर वास्तवमा जावो नामक पहाडका रुखहरु हुन् ,जो हिऊँले पुरिएका हुन्छन् । र रातको समयमा रोपवेबाट ति दृश्य नियाल्दा मनमोहक देखिने गर्दछ ।

५.हिरोसाकी कास्टल स्नो लाल्ट्रन फेस्टिवल
यो मेला चाहीँ आओमोरी को हो । यो पनि फेब्रुअरी महिनामा ५ दिनसम्म मनाईने आकर्षक हिउँ मेला हो । जहाँ हिउँबाट विविध आकृति तथा लाईट्सहरुको संयोजनमा क्यास्टललाई निकै आकर्षकरुपमा सजाईएको हुन्छ । र यसपाली यो मेला फेब्रअरी ८ देखि ११ तारिख सम्मका लागि तय भएको छ ।

६.ओचिजुकु स्नो फेस्टिवल
यो मेला फुकुसिमाको हो। फुकुसिमाको प्राचीन गाउँमा मनाईन्छ । बाटोका दुवै साईडमा आकर्षक हिउँ लाल्ट्रनहरु लहरै सजाई श्रृंगार र सजावटले झकिझकाव हुने यो मेला पनि फेब्रुअरी महिनामै मनाईने गर्दछ । यसपाली पनि फेब्रुअरी ९ र १० मा यो मेला लाग्नेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार