टोकियो ।नेपालीद्धारा तयार गरिएको आमाको जाँतोले जापानको सर्वाधिक चर्चित रोवोर्ट प्रतियोगितामा उत्कृष्ट हुदै ‘ईटी रोवोकन २०१८’को उपाधी हात पारेको छ।

नोवेम्वर तेस्रो साता भएको प्रतियोगिताको अन्तिम फाईनलमा चार उत्कृष्ठ सहभागिलाई हराउँदै आमाको जाँतोले उपाधी जितेको हो।

जापानको होक्काईदो स्थित वाकानाई होकुसेई गाकुईन विश्वविद्यालयमा अध्यापनरत नेपाली वैज्ञानिक प्राध्यापक डा. विष्णुप्रसाद गौतमले पहिलो पटक सहभागि जनाउदै उपाधी जितेका हुन। जापानको योकोहामामा भएको फाईनल प्रतिस्पर्धामा आमाको जाँतोले वेष्ट च्याम्पियनसिप अवार्ड २०१८, नेसनल च्याम्पियनसिप अवार्ड २०१८ र आईपीए अवार्ड गरि तीन विधामा समेत उत्कृष्ठ भएको छ।

जापानभरिका विश्वविद्यालय तथा अन्य क्षेत्रका वैज्ञानिकहरुले तयार गर्ने रोवोर्टबीच भएको प्रतिस्पर्धामा पहिलो चरणमा डा गौतमको आमाको जाँतोको भिडियो चर्चित बन्दै प्रतियोगितामा सहभागिताका लागि छनौट भएको थियो। सो प्रतिस्पर्धामा जापानका ४४ राज्यबाट छनौट भएका उत्कृष्ठ रोवोर्टले सहभागिता जनाएका थिए।

फाईनलमा आमाको जाँतोले टोकियो लगायतका चार उत्कृष्ठ प्रतियोगीसंग प्रतिस्पर्धा गरेका थिए। उच्च शिक्षाका लागि २४ वर्ष अघि जापान आएका कास्की जिल्लाको धिताल हाल माछापुच्छ्रे गाँउपालिकाका गौतमले नेपाली परिवेशमा गाँउघरमा चलाईने जाँतोलाई आमाको जाँतो नाम दिएर सोलारबाट संचालन हुने स्वचालित जाँतो बनाएका थिए। विभिन्न किसिमका खाध्यान्नका पिठो पिस्न मिल्ने गरि तयार गरिएको सो जाँतो आईओटी र रोवटिक्स प्रयोग गरि आवाजका भरमा संचालन गर्न सकिने गरि तयार पारिएको छ।

डा.गाैतमले अाफुले बनाएको रोवोर्टको भिडियो हेरेर पहिलो चरणबाट दोस्रो चरणमा पुग्न सफल भएकोमा विश्वभरि रहेका नेपालीहरुमा धन्यवाद ज्ञापन गर्नुभएको छ । डा गौतमका अनुसार आमाको जाँतोले आगामी वर्ष अमेरिकाको लस भेगस शहरमा हुने सेश २०१९ अन्तराष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागिताका लागि निमन्त्रणा पाएकाे छ। साे प्रतियाेगितामा अामाकाे जाँताे समुहका सुमित पुन र र्इताेर्याेउहीसंगै जनाउने छन।

यस्ताे भएकाे थियाे फार्इनल भिडियाेमा


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार