टोकियो ।  कृपय यो भिडियो ध्यान दिएर हेर्नुहोला । प्रधानमन्त्रीका   विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले भनेका यिनै कुरालाई देखाएर जापानले नेपाली कामदार धमाधम लानेभो, यति तलब, उति तलब भनेर ‘हौवा फैलाउने हेडलाइन’हरु फेरि सक्रिय हुन सक्छन् । यसमा उनले भनेझै भयो भने १६–१७ तारिकभित्र जापानको एक टोली नेपाल जान्छ, त्यो टोलीले विभिन्न निकायहरुसंग छलफल गर्छ, सम्भावनाहरुबारे बुझ्छ । मार्चसम्म ‘नेगोसियसन’ अर्थात के कसरी कामदार लैजाने, कस्तो प्रकृया अपनाउने, कुन क्षेत्रमा कति कामदार लैजाने, तलब तथा अन्य सुविधा के–के हुने भन्ने लगायतका कुराहरुको बारेमा छिनोफानो भएपश्चात मात्रै भाषा परिक्षा, शीप परिक्षण लगायतका विषयमा थप जानकारी आउँनेछन् । जापानका विदेशमन्त्री नेपाल गएकै बेला सम्झौता हुने अपेक्षा थियो सायद त्यो भएन । भएका भए सरकारले ठूलै हल्लाखल्ला गरिसक्थ्यो । सामान्य अर्थमा बुझ्दा नेपालले कामदार दिन चाहेको प्रकृया र जापानले कामदार लिन चाहेको प्रकृयाको तालमेल मिलिसकेको छैन । उरन्ठेउला हेडलाइन देखाएर र जापानकै नाम बेचेर ठगी गर्नेहरु बजारमा धेरै छन् । अलिक सतर्क रहनुहोला । Video Clip From : Ujyaalo TV

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार