काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले भ्रष्टाचाहरुमाथि कारबाही थालेको छ । लिगले नेपाल एअरलाइन्सका महाप्रबन्धक तथा भ्रष्टचारीको रुपमा बद्नाम सुगतरत्न कंसकारलाई कार्यकक्षभित्रै करिब ४ बजे दिउँसो कालोमसो दलेको लिगले जनाएको छ ।

कालोमोसो दलिएपछि रातो घेराभित्र सुगतरत्न कंसकार । तस्विर दियो पोष्टबाट

भ्रष्टाचार र अनियमितताको चर्चित नेपाल एयरलाइन्सको वाइडबडी खरिदमा गरिएको ४ अर्ब ३५ करोड भ्रष्टाचारमा मुख्य भूमिका निभाएका भनिएका कंसकारलाई क्रान्तिकारी युवा लिगले कारबाही गरेको छ । लिगले अन्य भ्रष्टाचारीहरु पनि कारबाहीको लिस्टमा रहेको जनाएको छ ।

निगमका लागि दुईवटा वाइडबडी विमान खरिदमा अनियमितता भएको र त्यसमा कंसाकारको संलग्नता मुख्य रहेको निष्कर्ष संसद्को सार्वजनिक लेखा समिति मातहत गठित छानबिन उपसमितिले निकालेको थियो ।

अनियमिततामा बहालवाला र पूर्वमन्त्री सहित सचिवहरूको समेत संलग्नता रहेको उपसमितिले समितिलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

संसदीय लेखा समितिले गठन गरेको उपसमितिले कंसाकार सहित बहालवाला मन्त्री रविन्द्र अधिकारी, गृहसचिव प्रेम राई, पर्यटन सचिव कृष्ण प्रसाद देवकोटालाई कारबाही सिफारिस गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार