सन २०१८ मा, जापान भियतनामी कामदारहरुको रोजाईको पहिलो मुलुक बनेको छ ।
रिपोर्टका अनुसार, सन २०१८ मा १ लाख ४२ हज़ार ८ सय ६० जना भियतनामी कामदारहरु जापान भित्रिए ।  जव कि दोस्रो आकर्षणको मुलुक ताइवानमा ६० हज़ार ३ सय ६९ जना र तेस्रो रोजाईमा परेको दक्षिण कोरियामा जम्मा ६ हजार ५ सय ३८ जना रोजगारीका लागि पुगेका छन् ।

भियतनामलाई जापानले कामदार आपुर्ति गर्ने प्रमुख मुलुककोरुपमा लिएको छ । जसको कारण जापान भियतनामी कामदारहरुको रोजाईको मुलुक मात्र नभई वर्तमान अवस्थामा हेर्दा, जापानको पनि प्रमुख कामदार गन्तव्य मुलुकको रुपमा देखिएको छ ।
यद्यपी, भियतनामी कामदारहरु कृषि तथा मेसिनरी उद्योगहरुमा रुचाईएता पनि अतिथि सत्कार तथा परिकार उत्पादन जन्य व्यवसायमा संलग्नहरुको लागि भने त्यति आकर्षक कामदार मानिदैन ।

अन्तरमुखी स्वभावका जापानीहरुले कस्लाई अत्यधिक रुचाउँछन् भन्ने कुरा प्रस्ट बुझ्नु त्यति सजिलो भने छैन । तथापि काम गराई,लगनशिलता,भाषागत दक्षता तथा सरसफाईमा ध्यानदिने व्यक्तिहरुले पहिलो प्राथमिकता पाउने कुरामा भने कुनै सन्देह छैन ।

जापानमा सन २०१४ देखि भियतनामी कामदारहरु आउने प्रकृया बाक्लिन थालेको हो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार