काठमाडौं । अहिलेसम्म छोराछोरीले आमाबुबाको सम्पत्तिमा हक दाबी गर्दै आएका थिए । तर, जेष्ठ नागरिसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदबाट हुबहु पास भयो भने छोराछोरीको कमाईमा बाबुआमाको हक लाग्छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले यो विधेयक तत्काल संसदमा दर्ता गर्ने निर्णय गरेको छ । विधेयकले छोराछोरीले आफ्ना पारिश्रमिकको निश्चित रकम आमाबुबाको खातामा जम्मा गर्नु पर्ने व्यवस्था गरेको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार