‘छक्का पञ्जा ३’ टोकियोमा अत्यधिक रुचाईयो, डिसेम्वर १३ तारिख चिबाकेनमा प्रदर्शन गरिने

टोकियो । नेपालमा अत्यधिक रुचाईएको नेपाली चलचित्र ‘छक्का पञ्जा ३ ‘जापानको विभिन्न १५  भन्दा बढ़ी स्थानहरुमा  प्रदर्शन गर्ने क्रममा, आगमी डिसेम्वर १३ मा टोकियो नजिकै रहेको चिबाकेनमा प्रदर्शन गरिने भएको छ । दिपकराज गिरी र दिपाश्री निरौलाको चलचित्र छक्का पन्जा , १ र २ को अपार सफलतापछी निर्मित छक्का पन्जा ३ नेपालमा ब्यवसायिक हिसाबमा पनि अहिले सम्मकै सबै रेकर्डहरु तोड्न सफल...

पराराष्ट्रमन्त्री ज्ञवाली जापान भ्रमणमा,सिधा हवाई उडान तथा नेपाली कामदार भित्र्याउने विषयमा विशेष छलफल गरिने

टोकियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल – जापान सम्बन्धलाई थप प्रगाढ बनाउँदै, नेपालको आर्थिक समृद्धीका लागि  मार्ग प्रशस्ति गरिने बताउनुभएको छ ।  टोकियो स्थित नेपाली राजदूतावासले अाइतबार परराष्ट्र मन्त्री ज्ञवालीको स्वागतमा आयोजित रात्रीभोज कार्यक्रममा, उहाँले सो कुरा बताउनुभएको हो । ज्ञवालीले  आफ्नो भ्रमणको उद्धेश्य, नेपालको पछिल्लो राजनीतिक स्थायित्वको वस्तुस्थितीबारे जापान सरकारलाई जानकारी गराउदै मुलुकको आर्थिक समृद्धीका लागि जापानी लगानीलाई प्रोत्साहन...

डीपीएल–३माघ तेस्रो सातादेखि , मुख्य प्रायोजकमा रुस्लान निरन्तर

काठमाडौं,  ३० कार्तिक । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–३) माघ तेस्रो साता देखि आयोजना हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको डीपीएल माघ १९ गतेबाट फागुन ४ गतेसम्म हुने जानकारी गराएको हो । जसमा ६ सहरका ६ फ्रेन्चाइज टिमले अक्सनको आधारमा खेलाडी अनुबन्ध गर्दै प्रतिस्पर्धा गर्नेछन् । सिटी बेसको अवधारणामा आयोजना...

‘छक्का पन्जा ३’ जापानको १५ भन्दाबढी स्थानहरुमा प्रदर्शन गरिने,नोभेम्बर १८ मा टोकियोको मेगुरोमा पहिलो शो तय

टोकियो । नेपाली चलचित्रप्रेमीहरुद्वारा  निकै रुचाईएको नेपाली चलचित्र ‘छक्का पन्जा ३’ नोभेम्बर  १८ तारिख, जापानको टोकियोमा प्रदर्शन गरिने भएको छ । केहि समय अघि, नेपालका  ख्यातिप्राप्त करिव ४ दर्जन कलाकारको साथमा ‘सुर्य इन्टरनेशनल एवार्ड ‘सम्पन्न गरेको सुर्य कर्पोरेसन लिमिटेडले  चलचित्र छक्का पन्जा ३ को जापान राईट्स लिएसंगै यहि नोभेम्बर १८ तारीक आईतबारको दिन टोकियोको मेगुरो कुमिन सेन्टरमा पहिलो सो गर्ने...

एनआरएनए जापानले शुरू गर्यो महिलाहिंसा विरूद्धको अभियान (सहमती पत्रसहित)

टोकियो । गैरआवासीय नेपाली संघ ( NRNA) जापानले महिला तथा किशोरीहरूमा हूने हिंसा विरूद्ध नयाँ अभियान शुरू गरेको छ। पछिल्लो चरणमा नेपालमा दिनानूदिन महिला हिंसा ,चेलिबेटी बेचबिखन ,जबरजस्ति करनी तथा हत्या जस्ता जघन्य अपराध बढिरहेको, पिडितपक्षले न्याय नपाइ बिक्षिप्त बन्नू पर्ने अवस्थाको बोध गर्दै पिडितको न्यायको पक्षमा लड्नको लागि एनआरएनए जापान ले यो अभियान शुरू गरेको एनआरएन जापानका प्रवक्ता पर्शु...

यसरी खोलियो, ११ वर्षसम्म बन्द भएको मुख

काठमाडौँ । काभ्रेकी निशा राना मगरको ११ वर्ष अगाडि साथीसँग खेल्ने क्रममा लडेर मुखमा गम्भीर चोट लागेको थियो । लामो समयको उपचारपछि घाउ ठीक त भयो तर क्रमशः उनको मुख बन्द हुँदै गयो । हाल निशा १९ वर्षकी भइन् । उनका परिवारले धेरैवटा अस्पतालमा उपचारका लागि देखाए तर समस्या समाधान हुने कुनै आधार देखिएन । उनका परिवारले अन्तिममा नेपाल मेडिकल...

यस्ता छन् नेपाली कलाकारका तिहार योजना

दसैंपछिको ठूलो चाडका रूपमा तिहारलाई लिने गरिन्छ । दिदीभाइ तथा दाजुबहिनीको प्रेमको पर्वका रूपमा चिनिने तिहारमा लक्ष्मीको पूजा गर्ने, देउसीभैलोमा रमाउनेदेखि दिदीबहिनीसँग टीका थाप्नेसमेत गरिन्छ । दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता अझ बढाउने पर्वको पनि हो यो । घरमा झिलिमिली बत्ती, सहरमा धेरै थरीका फूल, मिठाई र मसलाले सिँगारिएका हुन्छन् । हरेक नेपालीको तिहारको मनाउने आआफ्नो योजना हुन्छ । सधैँ...

ठमेल चोकमा तयार भयो खाद्यवालीको मण्डला, झुम्मिए पर्यटक(तस्बिर सहित)

काठमाडौं । नेपाल संवतको नयाँ वर्ष । नेवार समुदायले विभिन्न तरिकाले नेपाल सवंत्लाई स्वागत गरेका छन् । वर्ष आरम्भका दिन   भिन्तुना र्‍याली, झाँकी, सांस्कृतिक कार्यक्रम, नाचगान भएको त सबैलाई थाहा छ । तर, ठमेलका युवाहरुले भने यस दिनलाई लक्षित गरेर वर्षेनी आकर्षक मण्डला बनाउने गरेका छन् । ठमेल किसान क्लब र थँबही ल्याय्म्ह पुचः मचा कवःले ठमेल चोकमा यसवर्ष ७ किसिमका...

नझुक्किनुहोस् विदेश होईन, नेपालकै चक्रपथ हो ( फोटोफिचर)

काठमाडौं । चक्रपथको कोटेश्वर-कलंकी खण्ड आठ लेनमा विस्तार गर्ने काम अन्तिम चरणमा छ । सडकको निर्माण अन्तिम चरणमा पुग्दै गर्दा यो खण्ड निकै आधुनिक स्वरुपमा देखिएको छ, झट्ट हेर्दा विदेशमा देखिने राजमार्ग जस्तै । चीन सरकारको अनुदान सहयोगमा चक्रपथको यो खण्ड विस्तार भएको हो । चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ । त्यसमध्ये पहिलो चरणमा १० दशमलव ३९ किलोमिटरको कोटेश्वर-कलंकी...

आज तिहारको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मी माताको पूजा आरधाना गरी मनाईदै

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। लक्ष्मी पूजा...