टोकियोमा प्रथम सहित लखन थापाको १४२औँ स्मृति दिवस मनाईयो, हेर्नुस् भिडियो

  टोकियो । प्रथम सहिद लखन थापा मगरको १४२औं स्मृति दिवस जापानमा मनाएका छन । नेपाल आदिवासी जनजाति महासंघ जापान शाखाको आयोजना र नेपाल मगर संघ जापानको सह-आयोजकमा शुभकामना आदानप्रदान तथा १४२औं प्रथम सहिद लखन थापा मगरको स्मृति दिवस मनाएको हो । टोकियोको रोधी घरमा १० मार्च आइतवार सम्पन्न भएको छ । जापानका लागी नेपाली राजदूत प्रतिभा राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त...

प्रदुषणले भयावह राजधानीः घातक परिणामको सिकार बन्दै

काठमाडौं, २६ फागुन । घाम लागे धुलो, पानी परे हिलो ! राजधानीको सडकको अवस्था हो यो । काठमाडौं उपत्यकाको समग्र वातावरणको व्याख्या जति लामो छ उति भयावह पनि । संविधानले आमनागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर राजधानी वायु प्रदूषणले आक्रान्त बन्दै गइरहेको छ । यहाँका बासिन्दा त्यही प्रदूषणले निम्त्याएका घातक परिणामको सिकार बनिरहेका छन्...

पूर्व–पश्चिम रेलमार्गको डीपीआरको छलफलमै हातपात

काठमाडौं, २५ फागुन । पूर्व–पश्चिम रेलमार्गको बुटवल खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने विषयमा छलफल गर्न बसेको बैठकमा हातपात भएको छ । सो क्रममा स्थानीय ज्योतीप्रसाद कुटिएका छन् । डिपिआर गर्न बाँकी रहेको सो क्षेत्रमा माटो परीक्षण गर्न पुगेको रेल विभागका कर्मचारी, चिनियाँ प्रतिनिधि, स्थानीय प्रतिनिधि र प्रभावित क्षेत्रका बासिन्दासहित बुधबार बुटवल उपमहानगरपालिका वडा नं. ११ कार्यालयमा बैठक बसेको...

जापानमा विद्यार्थी भिसाबाट वर्किङ्गमा बनाएकाहरुले जान्नैपर्ने कुराहरु ( जानकारी)

जापानमा पढाई सकेपछी यही जागिर (就職) गरेको मान्छे नेपाल जाँदा बैदेशिक रोजगार विभाग बाट श्रम स्विकृति लिनुपर्छ पर्दैन भन्ने अन्यौल धेरैमा छन् । वास्तविक कुरा नबुझेर र नेपाल सरकारले पनि बुझाउन नसकेर धेरैले दु:ख पाएको छ । यदी म गलत छैन भने श्रम स्विकृति भनेको नेपाल बाटै बिदेशमा श्रम गर्न जाने बेला , जान खोजेको देशमा जान स्विकृति छ कि...

अस्पतालमा फैलिदो बिरामीको व्यापार, सरकारीभन्दा १५ गुणा बढी निजी महँगो

काठमाडौं, २४ फागुन । वीर अस्पतालमा सामान्य बेड निःशुल्क पाइन्छ । शिक्षण अस्पतालमा दुई सय ५० रुपैयाँ तिर्नुपर्छ । तर, बयोधा अस्पतालमा भर्ना हुनासाथ १५००, नर्भिकमा २०००, ग्रान्डीमा २०९० र मेडिसिटीमा ३२५० तिर्नुपर्छ । त्यस्तै, क्याबिन लिएमा वीर अस्पतालमा १००० र शिक्षण अस्पतालमा १४०० तिरे पुग्छ । तर, नर्भिकमा पुग्नासाथ ८०००, बयोधामा ८५००, मेडिसिटीमा १०००० र ग्रान्डीमा १०२८३ तिर्नुपर्छ ।...

कालापानी र लिपुलेक नक्सामा समेटियो

काठमाडौं, २४ फागुन । सरकारले कालापानी र लिपुलेक समेटेर संघीय नेपालको आधिकारिक नक्सा सार्वजनिक गरेको छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बिहीबार संघीय नेपालको नक्सा सार्वजनिक गरेकी हुन् । नक्सा नापी विभागले तयार पारेको हो । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले कालापानी, लिपुलेकसहित संघीय संरचनाबमोजिम नेपालको प्रशासनिक नक्सा सार्वजनिक भएको बताए । तीनवटा प्रदेशको नामाकरणसहितको नक्सा प्रकाशन गरिएको...

नारी दिवसः उस्तै गुपचुप छ नारीका दुःख

काठमाडौं, २४ फागुन । इँटा भट्टाको गेटमै लेखिएको छ ‘बाल श्रममुक्त छ ।’ खेतमा लहरै सुकाइएका छन् काँचो इँटा । बन्दै गरेका इँटाका आकार असरल्ल छन् । इँटाकै चाङ लगाएर बनाएका झ्यालीहरु (एककोठे छाप्रो) देखिन्छ । टुक्रिएका इँटाको धुलोमा दुई वर्षदेखि १२ वर्षसम्मका बालबालिका खेलिरहेका छन् । च्यातिएको एकसरो लुगामा रहेका उनीहरुका खुट्टामा चप्पल छैनन् । कुनै बालबालिकाले ठुला मान्छेका...

अष्ट्रेलियामा हराएकी युवतीको शव सुटकेशमा भेटियो

क्यानबेरा फागुन २३। अष्ट्रेलियाको सिड्नीमा हराएकी एक जना महिला डेन्टिस्टको शव सुटकेशमा फेला परेको छ । अष्ट्रेलियाको प्रहरीले उनको शव फेला पारेको हो । प्रिथी रेड्डी नामकी ३२ वर्षिया ती महिला गएको आइतबारबाट हराएकी थिइन् ।उनी दाँत सम्बन्धी विषयमा आयोजित एक सम्मेलनमा भाग लिन सिड्नीको सेन्ट लियोनार्डस्मा गएकी थिइन् । घर नआएपछि परिवारले उनको खोजी गरेको थियो । उनी...

कुन समयमा यौनसम्बन्ध राख्दा भइन्छ गर्भवती ? जान्नुहोस्

पहिले करिअर निर्माण अनि मात्र फेमेली प्लानिङ । हिजोआजका विवाहित जोडीहरू योजना बनाएर मात्र शिशुलाई धर्तीमा पदार्पण गराउँछन् । उनीहरूबीच यति महिनापछि, यति वर्षपछि मात्र सन्तान ट्राइ गर्ने भनेर योजना बनेको हुन्छ । यद्यपि गर्भवती हुन सोचेजस्तो सहज नहुनसक्छ । कसैलाई एउटै प्रयासमा गर्भ रहनसक्छ भने कसैलाई महिनौं प्रयास गर्नुपर्ने हुन्छ । गर्भवती हुनका सेक्स गर्नु जति जरुरी छ उति...

प्रधानमन्त्रीसहित १२ मन्त्री फेल, सात मन्त्री ‘जस्ट पास’ कसको नम्बर कति ? (पुरा पढ्नुहोस्)

सरकारको प्रधानमन्त्री कार्यालयको एप्स सफ्टवेयरमार्फत लिएको परीक्षामा प्रधानमन्त्रीसहित १२ जना मन्त्री फेल भएका छन् । बिगत ६ महिनाको कार्यावधिलाई लिएर गरिएको २१ मन्त्रालयको परीक्षामा ९ मन्त्री मात्रै पास भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, यो परीक्षामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली प्रथम भएका छन् भने सबैभन्दा कम नम्बर ल्याएर ‘फेल’ हुनेमा खानेपानीमन्त्री वीना मगर रहेकी छिन् । अहिको चालु आर्थिक वर्षको श्रावण...