सुर्खेतमा पेट छाती जोडिएकी जुम्ल्याहा बालिकाको जन्म

सुर्खेत, ३ मंसिर । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकी छिन् । रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकी हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिएका डा राजीव शाह नेतृत्वमा डा रवीन खातुङ, डा महेश पौडेल,...

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै

काठमाडौं, ३ मंसिर । आज कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधानी एकदशी । भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्यूँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत...

सरकारसँगै छैन वाइड बडी किनेको प्रमाण, पर्यटनमन्त्री भन्छन्– मसँग कागज छैन

काठमाडौं, ३ मंसिर । नेपाल एयरलाइन्सको पहिलो वाइड बडी विमान आएको ५ महिना भयो । दोस्रो– ४ महिना । पर्यटनमन्त्री स्वयं अझै दोधारमा छन्– यी किनिएका हुन् कि भाडामा ! प्रमाण मागेर तुरुन्त हेर्न सक्ने मन्त्री रवीन्द्र अधिकारी बरु ‘ब्रह्म’ ले अनुमान गर्छन्, ‘भाडामा त नहुनु पर्ने हो !’ उनले आफूसँग किनेको ठोस प्रमाण भने नभएको प्रस्ट पारे । एपी...

वीर अस्पतालमा अनियमितता, चोरबाटोबाट ५ सय कर्मचारी नियुक्त

काठमाडौं, २ मंसिर । देशकै सबैभन्दा पुरानो वीर अस्पतालमा तीन वर्षको अवधिमा नियम मिचेर चोरबाटोबाट झन्डै ५ सय कर्मचारी नियुक्त गरेको पाइएको छ । सेवा सुविधा विस्तारको वहानामा अस्पताललाई कर्मचारी भर्तीकेन्द्र बनाइएपछि सेवा प्रवाहमा समेत नकरात्मक असर परेको छ । अस्पतालमा सरकारीबाहेक संस्थानअन्तर्गको कर्मचारीको भर्ना चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सेवा आयोगले गर्ने प्रावधान छ । तर सेवा आयोगलाई निष्क्रिय बनाउँदै...

अनुमतिविना नेपाली भुमिमा धमाधम बाटो बनाउँदै भारत

दार्चुला, २ मंसिर । नेपाली कामदारलाई नै प्रयोग गर्दै भारतले अनुमति नलिई नेपाल क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका २ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो । भारतीय क्षेत्रमा सडक निर्माण भईरहेको छ । त्यहाँको घटियाबगर—लखनपुर लिपुलेख सडक निर्माणका लागि खटिएका भारतीय सेना र उत्तरतिरको बस्तीका लागि खाद्यान्न लगायत सामान ढुवानी गर्न नेपालतर्फ...

महिला चिकित्सकलाई अश्लील सन्देश पठाउने वैज्ञानिक पक्राउ

काठमाडौं, २ मंसिर । ६५ बर्षका व्यक्तिसमेत साईबर क्राईमको मुद्धामा पक्राउ परेका छन् । महिला चिकित्सकलाई प्रेम गर्ने भन्दै फेसबुकमा अश्लील सन्देश पठाउने ती वृद्ध हालसालै पक्राउ परेको डिएसपी बोगटीले बताए । यस्तै, पारिवारिक विवादमा आफ्नै भाईबुहारीबारे फेसबुकका अश्लील टिप्पणी गर्ने कृष्णकुमार खड्का क्षेत्री एक महिनाअघि पक्राउ परेका थिए । आफ्नै छात्रालाई फेसबुकमा बारम्बार अश्लील सन्देश पठाएर यातना दिएको आरोपमा दुई...

भिडियो देखाएर बलात्कृतसँगै बार्गे्निङ

वीरगन्ज, २ मंसिर । टोलकै चार जनाले एक महिलालाई सामुहिक बलात्कार गरे । वीरगन्ज महानगरपालिका १८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरीबाजुर गर्न गईनन् । डरले मौन बसिन् । श्रीमान ३ बर्षदेखि वैदेशिक रोजगारमा छन् । बलात्कृत भएको दुई दिनपछि एक युवकले मोवाईलमा भिडियो देखाउँदै पैसा मागे । पैसा नदिए अरुलाई पनि देखाईदिने भन्दै धम्क्याए । त्यसपछि...

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री दीर्घ बर्खास्त

काठमाडौं २७ कात्तिक । सुदूरपश्मि प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भएका छन् । ने क पाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेका हुन् । सोडारीले पद अनुकुलको आचरण नगरेको र पटक पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाउन निर्देशन दिइएको प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले बताए । यसअघि प्रदेश इन्चार्ज रावलले मुख्यमन्त्री...

किरात लिम्बुहरुले जापानमा पनि बलिहाङ तङनाम मनाए

टोकियो । मौलिक भाषा र संस्कृति रहेको किरात लिम्बुहरुले जापानमा पनि बलिहाङ तङनाम (दिपवलीको )अवशरमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । जनजाति महॉसघ जापानका उपध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यतमा सम्पन्न भएको कार्यक्रममा जापानमा रहेका विभिन्न सघ संस्थाका अध्यक्ष एंव सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा किरात समुदायमा रहेको सांस्कृतिक कार्यक्रम प्रस्तुति रहेको थियो ।कार्यक्रममा नेपाल पत्रकार महासघं जापानका अध्यक्ष मोहन घले, पुर्वी...

टोकियोमा सामुहिक म्ह: पूजा तथा नेपाल सम्बत ११३९ शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न, यस्तो देखियो रौनक ( तस्बिर सहित)

टोकियो । नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले हरेक वर्ष आयोजना गर्दै आएको सामुहिक म्ह: पूजा कार्यक्रम यो वर्ष पनि सम्पन्न गरेको छ। टोकियो कोतोकु स्थित कितासुना दान्चीको हलमा नोभेम्वर १० तारिकको दिन ठुला तथा बालबच्चा सहित झण्डै सय जनाको एकै पटक गरिएको म्ह: पूजा कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको संस्थाको महासचिव शिव तण्डुकारले जानकारी  दिनुभयो ।कार्यक्रमको सुरूवात नेवारहरूको नेता भनेर पनि चिनिने...