जापानमा विदेशी पर्यटकको संख्यामा वृद्धी, अघिल्लो वर्ष भन्दा,१९.९ प्रतिशतले बढ्यो

टोकियो । जापानमा विदेशी पर्यटकको संख्या १९.९ प्रतिशतले बृद्धी भएको छ । अघिल्लो आर्थिक वर्ष देखि  यस वर्षको  मार्च महिना सम्मको संख्या हेर्दा,१९.९ प्रतिशतको वृद्दीदर कायम राख्दै,२९.७७ मिलियन  विदेशी पर्यटकले  जापान प्रवेश गरेको देखिएको जापान टुरिज्म एजेन्सीले जनाएको हो । यस वर्षको जनवरीदेखि मार्च महिनासम्मको तथ्याँक्क हेर्दैा, विदेशी पर्यटकहरुले गर्ने ख़र्च पनि १७.२ प्रतिशतले बृद्धी भएको देखिएको छ । एजेन्सीका...

नेपाली पर्यटन प्रचारमा चिनियाँ बस

बेइजिङ । नेपाली पर्यटन प्रवद्र्धन झल्कने गरी चीन सरकारले सडकमा गुडिरहेको बसमा लुम्बिनी र गौतमबुद्धका चित्रहरू सजिएका बसहरु सञ्चालनमा ल्याएका छन् । यतिमात्र हैन विश्वमै जीवित देवी भनेर चिनिने कुमारीको फोटो, एकसिंगे गैंडा, नेपालका मनोरम हिमालहरू, चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक बोकेका हात्तीहरूसँगै पोखराको प्याराग्लाइडिङ र त्रिशूलीको ¥याफटिङका दृश्य पनि बसमा बनाइएको छ । चीनको दक्षिणमा पर्ने सबैभन्दा ठूलो सहर क्वाङचौमा नेपालीपनको...

चन्द्रागिरि केवलकारमा नजान अमेरिकी दूतावासको एड्भाइजरी

नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चन्द्रागिरि केबुलकारसहति काठमाडों वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल्स एड्भाइजरी’ जारी गरेको छ। कुनै कम्पनी विशेषलाई मात्रै जोडेर अमेरिकी दूतावासले पहिलो पटक जारी गरेको यस्तो एड्भाइजरीप्रति नेपालको पर्यटन क्षेत्रले आपत्ति जाएको छ। माओवादी युद्धमासमेत यस्तोखाले एड्भाइजरी जारी नभएको जानकारहरु बताउँछन्। दूतावासले गत शुक्रबार एड्भाइजरी जारी गर्दै उक्त क्षेत्रमा भ्रमणमा नजान आग्रह गरेको थियो। दूताबासले उक्त क्षेत्रमा स्थानीय समूहले...

जोमसोम चिनाउने काठेपुल संरक्षणको पर्खाइमा

हिमालपारी मुस्ताङको पहिचान ऐतिहासिक पुरानो काठेपुल यतिबेला संरक्षणको पर्खाइमा छ । २०४४ सालमा कालीगण्डकी नदीको बाढीले पुलका सम्पूर्ण भौतिक संरचना बगाइदिएपछि जोमसोमका स्थानीयले काठेपुल मर्मतसम्भार गर्दै आएका छन् । अहिले काठेपुलको अवस्था दिन प्रतिदिन जीर्ण बन्दै जान थालेको छ । २०४४ सालअघि काठे पुलको लम्बाइ करिब २० मिटरको थियो । पुलको संम्पूर्ण संरचना फेरिएपछि पुलको लम्बाइ करिब ४० मिटरको भएको...

धादिङमा खुल्यो नयाँ पर्यटकीय पदमार्ग ‘हिमालयन स्काइ ट्रेल’

अच्युत रेग्मी गुम्दी, (धादिङ) : धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवी भ्याली क्षेत्रमा नयाँ पर्यटकीय पदमार्ग हिमालयन स्काइ ट्रेल (तीनसुरे पदमार्ग) सञ्चालनमा आएको छ। धादिङको उत्तरी क्षेत्रमा पर्ने समुद्री सतहदेखि एक हजार ५०० फिटको उचाइमा रहेको नेत्रतालदेखि झन्डै ११ हजार उचाईमा रहेको तीनसुरे भञ्याङसम्म झन्डै ५० किलोमिटर दूरीमा उक्त पर्यटकीय पदमार्ग निर्माण भएको हो। नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा निर्माण भएको...

आरोहीसँग अवैध असुली

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको आडमा दुई संस्थाले गैरकानुनी रूपमा प्रतिआरोही ८० हजार रुपैयाँ असुली गर्दै आएका छन्। सगरमाथा, ल्होत्से र नुत्से हिमाल आरोहण गर्ने विदेशीसँग सगरमाथा प्रदूषण नियन्त्रण समितिले ६० अजार रुपैयाँ र पर्वतारोहण सञ्चालक संघले २० हजार गरी ८० हजार रुपैयाँ असुल गरिरहेको भेटिएको छ। वर्षौंदेखि आरोहीसँग गैरकानुनी रूपमा रकम असुल गरिए पनि उनीहरूमाथि कारबाही...

तुम्लिङटारमा पाँच दिनदेखि उडान अवरुद्ध, भुइँकुहिरोले एक मिटर पनि देखिँदैन

पूर्वी पहाडी जिल्ला संखुवासभाको तुम्लिङटार विमानस्थलवरपर लागेको बाक्लो तुवाँलोका कारण पाँच दिनदेखि उडान अवरुद्ध भएको छ । उडानका लागि भिजिबिलिटी नपुगेकाले उडान अवरुद्ध भएको बुद्ध एयरका कर्मचारी राजीव पोखरेलले जानकारी दिए । तुम्लिङटार विमानस्थल विश्वकै होचो अरुण उपत्यकामा पर्छ । वरपरका डाँडामा चिसोले बाक्लो हुस्सु र तुवाँलो लागेपछि उडान हुन नसकेको हो । हवाईजहाज उडान र अवतरण हुनका लागि पाँच हजार मिटरको...

आहा ! कालिञ्चोकमा हिउँको मज्जा (फोटोफिचर)

मदन ढुङ्गाना माघ १० गते बुधबार पानी परेपछि यसवर्ष पहिलोपटक कालिञ्चोकमा हिउँ पऱ्यो । र, हिउँ परेपछि काठमाडौंदेखि मानिस हिउँ खेल्न कालिञ्चोकतिर निस्किए । हिउँ परेसागै कालिञ्चोकको कुरी भ्यालीलाई थप मनमोहक बनाएको छ । दोलखाको कालिञ्चोक गाउँपालिकामा पर्ने कालिञ्चोक भगवती मन्दिर परिसर र कुरीक्षेत्रमा पर्यटक पुगे । कसरी जाने कालिञ्चोक ? दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकामा पर्छ, कालिञ्चोक भगवती मन्दिर र कुरी भ्याली ।...

ठमेलको मौलिकता गुम्दै,पर्यटन बजार नै धरापमा

सन् २०१७ नेपाली पर्यटनको लागि सुखद वर्ष रहन गयो। पुगनपुग १० लाख विदेशी पर्यटक ले नेपाल भ्रमण गरेको तथ्यांक बाहिर आइसकेको छ भने आउँदो वर्ष हरुमा अझै पर्यटकहरुको आगमन हुने अनुमान गर्न सकिन्छ। नेपाल पर्यटन बोर्डको २०१६/२०२५ रणनीति अनुसार २०२५ सम्ममा नेपालमा २५ लाख पर्यटक भित्राउने लक्ष्य रहेको छ। केही महिना पहिला मेरा केही जापानीज मित्रहरु नेपाल घुम्नगएको समयमा ठमेलको...

नेपालको पदयात्रामा दनिसको योगदान

नेपाललाई पर्यटकीय क्षेत्रका रूपमा चिनाउन खासगरी युरोपेली मुलुक बेलायत, फ्रान्स, इटाली आदिको अग्रणी भूमिका छ । त्यसमा पनि पर्वतारोहण र पदयात्रा विधामा यी देशको योगदान धेरै रहेको छ । सन् १९५० मा फ्रेन्च नागरिक मोरिस हेगर्सले सर्वप्रथम अन्नपूर्ण पहिलोे (८०९१ मिटर) शिखर चुमेका हुन् । त्यसपछि नेपालका हिमालहरूमा विदेशीहरूको मोह बढ्दै गयो । समयक्रम सँगसँगै विदेशीहरूबीच नेपालका यस्ता अग्ला...