काण्डै काण्डले शिथिल नेपाल वायु सेवा निगम

काठमाडौं । वाइडबडी विमान किन्दा अनियमितता भएको ठहर गर्दै संसदको सार्वजनिक लेखा समितिले प्रतिवेदन बुझाएको छ । जसमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित २ बहालवाला सचिव र पूर्वमन्त्रीलाई पनि दोषी किटान गरिएको छ । यो प्रतिवेदनसँगै नेपाल वायुसेवा निगम फेरि एकपटक नयाँ ‘काण्ड’ को अध्यायभित्र प्रवेश गरेको छ । हालसम्म आरोप र आशंकाको घेराभित्र रहेको वाइडबडी खरिदको भ्रष्टाचार काण्डले अब औपचारिकता पाएको...

यस्तो प्रतिवेदन आउला भन्ने सोचेको थिइनँ- मन्त्री अधिकारी

पोखरा । संसदीय लेखा समितिअन्तर्गतको उपसमतिले बुझाएको प्रतिवेदनले ४ अर्ब ३५ करोड अनियमितता भएको निश्कर्ष निकाल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी लगायतलाई कारबाही सिफारिस गरेपछि देशभर यसकै चर्चा छ । पर्यटनमन्त्री अधिकारीको गृहजिल्ला कास्कीमा मन्त्री अधिकारको आलोचना चुलिदै गएको छ । सामाजिक सञ्जाल वाइड बडीमय बनेको छ भने मन्त्री अधिकारीमाथि आलोचना चुलिइरहेको छ । मन्त्री अधिकारीले भने पर्यटनमन्त्री...

यस्तो छ, जापानले नेपाली कामदार ल्याउने प्रकृया ( अपडेट)

टोकियो । जापानले नेपाली कामदारका लागि रोजगारीको ढोका खुला गरेको छ । विदेश कामदारको नीति परिवर्तन गर्दै जापानले नेपालसहित ९ देशबाट विदेशी कामदार भित्र्याउने भएको हो।  जापानले दक्षिण एसियाबाट नेपाली कामदारलाई मात्र भित्र्याउने तयारी गरेको हो। मंगलबार जापानले विदेशी कामदारका लागि १२६ वटा मापदण्ड तय गरेसँगै बाटो खुलेको हो। तर नयाँ कामदार भर्नाको प्रक्रिया भने आगामी चैत १५ सम्म टुङ्ग्याउने जनाएको छ।...

बाकेमा १ हजार बाख्रा मरे पनि कुनै रोग पत्ता लगाउन सकेनन चिकित्सकले

बाँकेको डुडुवा गाउँपालिका– ५ कम्दी गाउँमा फैलिएको अज्ञात रोगबाट एक हजारभन्दा बढी बाख्रा मरेका छन् । दैनिकजसो बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् । कम्दी गाउँका मात्रै एक हजारभन्दा बढी बाख्रा मरिसकेको वडाध्यक्ष पर्शुराम बुढाथोकीले जानकारी दिए । बाख्राको पेट फुल्ने, मुखबाट ¥याल छोड्ने, पातलो दिसा गर्ने ज्वरो आउने र मर्ने गरेको किसान सुकमाया बोहोराको भनाइ थियो । “बाख्रा पालेरै...

जेआर ईस्टले, स्वचालित रेलसेवा सुरु गर्ने, यामानोते लाईनमा पहिलो परिक्षण गरिने

टोकियो । ईस्ट जापान रेलवे कम्पनी  (JR East) ले चालक रहित, स्वचालित रेलसेवा संचालन गर्ने तयारी गरेको छ । कम्पनिले यो वर्षको अन्तिम दिनहरु २९ /३० डिसेम्बर र जनवरी ५/ ६ तारिख, यामानोते लाईनमा त्यस्तो स्वचालित ट्रेनको परिक्षण  सेवा सञ्चालन गर्ने जनाएको हो ।  त्यस्तो स्वचालित रेल, यामानोतेको लुपलाईन भरी,गुड्ने छ । जनाईए अनुसार, उक्त स्वचालित ट्रेन लाई ३४.५ किलोमिटर...

साईतामाको खावागुचीमा, खुल्यो जेआरएफ(JRF) रेमिटको नयाँ शाखा,सेवाग्राहीलाई थप सुबिधा

टोकियो । जापानबाट नेपाल लगायत संसारभर रेमिट्यान्स कारोबार गरिरहेको जापान रेमिट फाइनानस(जेआरएफ)ले  टोकियोको इकेबुकुरोपछि आफ्नो अर्को शाखा विस्तार गरेको छ । जापानको साइतामा केनस्थित खावा गुची शिको खावा गुची स्टेसनस्थित कार्यालयको आईतबार एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । शाखा बिस्तार कार्यक्रममा जेआरएफबाट पैसा पठाएमा नेपाल राज्य भरिकै बैंकमा जम्मा गर्न सकिने जानकारी दिइएको थियो  ।सो अवसरमा,  नेपालका सम्पूर्ण बैंकमा डिपोजिट...

इपिएल ट्रफी सार्वजनिक, यस्तो देखियो तस्बिरमा ( फोटो सहित)

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ को ट्रफी बिहिबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । मङ्सिर २२ देखि पुस ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ शहरका ६ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्गस् ११, ललितपुर प्याट्रिअट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले समेत मान्यता दिएको छ । पृथु वास्कोटाको कप्तानीमा चितवन टाइगर्स, शरद...

चोभारमा हुने भयो भारत र चीनबाट आउने रेलको भेट, यस्तो छ भित्री कथा

मंसिर, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले प्राथमिकतामा राखेको रक्सौल-काठमाडौं रेलमार्ग ब्रोडगेज कि स्टाण्डर्ड गेज भन्ने अझै टुंगो नभएको खुलेको छ । भारतले यो रेलमार्ग ब्रोडगेजमै बनाउन प्रस्ताव गरेको छ । नेपालले भने आधुनिक प्रविधिमा जान आग्रह गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जानकारी दिए । रेलमार्ग अध्ययनका लागि भारतसँग भएको समझदारीमा ब्रोडगेजमै निमार्ण गर्ने उल्लेख थियो । तर,...

नेपालीद्धारा निर्मित आमाको जाँतोले जित्यो जापानमा सर्वाधिक चर्चित रोवोर्ट प्रतियोताको उपाधी

टोकियो ।नेपालीद्धारा तयार गरिएको आमाको जाँतोले जापानको सर्वाधिक चर्चित रोवोर्ट प्रतियोगितामा उत्कृष्ट हुदै ‘ईटी रोवोकन २०१८’को उपाधी हात पारेको छ। नोवेम्वर तेस्रो साता भएको प्रतियोगिताको अन्तिम फाईनलमा चार उत्कृष्ठ सहभागिलाई हराउँदै आमाको जाँतोले उपाधी जितेको हो। जापानको होक्काईदो स्थित वाकानाई होकुसेई गाकुईन विश्वविद्यालयमा अध्यापनरत नेपाली वैज्ञानिक प्राध्यापक डा. विष्णुप्रसाद गौतमले पहिलो पटक सहभागि जनाउदै उपाधी जितेका हुन। जापानको योकोहामामा भएको फाईनल...

‘छक्का पन्जा ३’ जापानको १५ भन्दाबढी स्थानहरुमा प्रदर्शन गरिने,नोभेम्बर १८ मा टोकियोको मेगुरोमा पहिलो शो तय

टोकियो । नेपाली चलचित्रप्रेमीहरुद्वारा  निकै रुचाईएको नेपाली चलचित्र ‘छक्का पन्जा ३’ नोभेम्बर  १८ तारिख, जापानको टोकियोमा प्रदर्शन गरिने भएको छ । केहि समय अघि, नेपालका  ख्यातिप्राप्त करिव ४ दर्जन कलाकारको साथमा ‘सुर्य इन्टरनेशनल एवार्ड ‘सम्पन्न गरेको सुर्य कर्पोरेसन लिमिटेडले  चलचित्र छक्का पन्जा ३ को जापान राईट्स लिएसंगै यहि नोभेम्बर १८ तारीक आईतबारको दिन टोकियोको मेगुरो कुमिन सेन्टरमा पहिलो सो गर्ने...