नागढुंगा सुरुङमार्ग बनाउन चिनियाँ कम्पनीको चासो

काठमाडौं, ३१ भदौं । नागढुंगामा बढ्दो सवारी चापलाई कम गर्न, सवारी दुर्घटनालाई कमी ल्याउनेलगायतका उद्देश्यले निर्माण गर्न लागिएको नागढुंगा सुरुङ मार्गको निर्माणका लागि सडक विभागले एक महिनाअघि ग्लोबल टेन्डर आह्वान गरिसकेको छ । अगस्ट १० मा आह्वान भएको टेन्डरको अवधि अक्टोबर १० सम्म तोकिएको छ । टेन्डर आह्वान भएको १ महिनामा मात्रै ३५ निर्माण कम्पनीले इच्छा देखाएको विभागले जनाएको छ...

रोकियो सरकारी खर्चमा विदेशी उपचार

काठमाडौं, ३० भदौं । सरकारी खर्चमा विदेशमा उपचार गर्न जान नपाउने व्यवस्थासहितको जनस्वास्थ्य विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट आएको प्रतिवेदनलाई प्रतिनिधिसभाले पारित गरेको हो । सो विधेयक राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भई राजपत्रमा सूचना प्रकाशित भएपछि ऐनको रूप लिई लागू हुनेछ । विधेयकमा प्रचलित कानुनमा जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई विदेशमा...

मोनोरेल चलाउन एक खर्ब १६ अर्ब लाग्ने, चिनियाँ कम्पनीले महानगरलाई बुझायो प्रतिवेदन

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं उपत्यकामा मोनोरेल निर्माणको सम्भाव्यता अध्ययन गरेको चिनियाँ टोलीले काठमाडौं महानगरपालिकालाई आफ्नो प्रतिवेदन बुझाएको छ । चाइनाको चाइना रेलवे २५औं ब्युरो गु्रप कम्पनी लिमिटेड (सीआरसीसी) ले सम्झौता गरेको चार महिना पनि नपुग्दै बिहीबार त्यसको प्रतिवेदन बुझाएको हो । चक्रपथमा मोनोरेल निर्माणका लागि करिब १ खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनसहितको प्रतिवेदन सो कम्पनीले काठमाडौं र...

दसैंको अग्रिम टिकट बुकिङ: मोल मोलाइमा व्यवसायी

काठमाडौं, २९ भदौं । दसैंको मुखैमा यातायात व्यवसायीले अग्रिम बुकिङका लागि रोक्का राखिएका समितिका बैंक खाता खोल्नुपर्ने सर्त अघि सारेका छन् । दसैंको अग्रिम टिकट बुकिङमा अड्को थाप्दै रोक्का खाता सञ्चालन हुनुपर्ने माग राखेपछि सिन्डिकेट तोड्न बन्द गरिएका खाता फुकुवा गर्न सरकार तयार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यप्रसाद ढकाललाई निर्देशन दिएपछि यातायातसँग सम्बद्ध...

नेपाल बैंक लिमिटेड र ईजिलिंक बिच रेमिट्ट्यान्स रकम भुक्तानी सम्झौता

काठमाडौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नेपाल राष्ट्र बैंकबाट पहिलो रेमिट्यान्स लाइसेन्स प्राप्त नेपालको पहिलो सेवाप्रदायक रेमिट्यान्स कम्पनी इजीलिंक रेमिट्यान्स प्रा.लि. बीच रेमिट्यान्स रकम भुक्तानी सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल, प्रबन्ध निर्देशक दिपेन्द्र खनाल र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र प्रताप शाह, मुख्य प्रबन्धक होम बहादुर खड्का...

रानीपोखरीमा ३ करोड स्वाहा !

काठमाडौं, १५ भदौं । काठमाडौं महानगरपालिकाले रानीपोखरी निर्माणमा संलग्न ठेकेदारलाई भुक्तानी रकम दिएपछि सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन् । रानीपोखरीलाई प्रताप मल्ले बनाएको शैलीमा निर्माण गर्न हालका विभिन्न संरचना भत्काउनुपर्छ । मेयर विद्यासुन्दर शाक्यले आफ्नो चुनावी प्रतिबद्धता पालना गरे रानीपोखरी बनाइएका पूरानो संरचना भत्काउनुपर्ने हुन्छ । संरचना भत्कउँदा ३ करोड रुपैयाँ बालुवामा पानी सरह हुने भएको आजको कान्तिपुर दैनिकमा...

नेपालमा बिमस्टेक सदस्य राष्ट्रको लगानी साढे ८४ अर्ब

काठमाडौं, १३ भदौं । नेपालमा बिमस्टेकका प्रत्यक्ष लगानी न्युन छ । श्रीलका, भुटान, थाईल्याण्ड र म्यानमारको लगानी तथ्यांकले निराशजनक देखाउँछ । भारत र बंगलादेशको लागनी भने तुलनात्मक रुपम बढी छ । नेपालले माघ ०६० मा बिमस्टेकको सदस्यता लिएको हो । त्यसयता बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब रुपैयाँ प्रत्यक्ष लगानी प्रतिबद्धता आएको छ । जुन नेपालमा भित्रिएको कुल बैदेशिक लगनीको करिव...

तलब भत्ता र भ्रमणमै २० करोड खर्च !

काठमाडौं, ११ भदौं । आर्थिक वर्ष २०७४/७५ मा सरकार प्रमुख र मन्त्रीहरको सुविधामा राज्यकोषको २० करोड रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री, मन्त्री र उनीहरुका सचिवालयका कर्मचारीको तलब भत्ता र घुमघाममा मात्र एक वर्षमा राज्यकोषको २० करोड २२ लाख रुपैयाँ सकिएको आजको अन्नपूर्ण दैनिकमा समाचार छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार विगतका जम्बो सरकारका कारण सुविधामा यति धेरै रकम खर्च...

छोरी जन्मिए बैँक खाता !

काठमाडौं, ८ भदौं । सुर्खेत वीरेन्द्रनगर — ६, बुद्धपथकी सुशीला थापाले असोज पहिलो साता छोेरी प्रतिज्ञालाई जन्म दिइन् । परिवारले जन्म दर्ता गरिदिएको सातामै नगरपालिकाले प्रतिज्ञाको नाममा बैँक खाता खोलिदियो । परिवारले अन्नप्राशनमा जम्माा भएको ७ हजार रुपैयाँ पनि खातामै जम्मा गरिदिए । नगरपालिकाले खाता खोलिदिएपछि छोराका लागि बचत गर्ने प्रेरणा मिल्यो, आमा सुशीलाले भनिन्, छोरी विद्यालय जाँदासम्म ५० हजार रकम...

सेनाले उठाउन सकेन २९ करोड

काठमाडौं, ६ भदौं । नेपाली सेनाले विभिन्न बैंक तथा वित्तीय संस्थामा राखेको २९ करोड रुपैयाँभन्दा बढी निक्षेप असुल्न गरेको छैन । कर्जा अपचलन अभियोगमा सञ्चालक तथा कर्मचारी पक्राउ परेसँगै राष्ट्र बैंकको हस्तक्षेपपछि खारेजी प्रक्रियामा रहेका तथा खारेज भएका बैंक वित्तीयसंस्थाबाट सेनाले करिब २९ करोड रुपैयाँ निक्षेप उठाउन नसकेको हो । सैनिक कल्याणकारी कोषले ३० वाणिज्य बैंक (तत्कालीन अवस्थामा तर, हाल मर्ज...