कृषिबाटै करोडपति , गर्नेहरुलाई स्वदेशमै सबथोक छ

सुनसरी :  कृषिबाट ‘खासै आम्दानी हुँदैन’ भन्ने धेरै भेटिन्छन्। ‘कृषिमा सम्भावना छैन’ भन्दै युवा खेतबारी बाँझै राखेर विदेश पलायन भइरहेका छन्। धरान–४, वसन्तटारका कृष्ण राई भने कृषि पेसाबाटै करोडपति बनेका छन्। दुई बिघा आठ कठ्ठा जमिनमा २० भन्दा बढी प्रकारका तरकारी र फलफूलको खेती छ उनको। उनी मासिक तीन लाखभन्दा बढीको तरकारी बेच्छन्। उनको गोठमा १३ माउ गाई छन्। जसबाट दैनिक...

बाकेमा १ हजार बाख्रा मरे पनि कुनै रोग पत्ता लगाउन सकेनन चिकित्सकले

बाँकेको डुडुवा गाउँपालिका– ५ कम्दी गाउँमा फैलिएको अज्ञात रोगबाट एक हजारभन्दा बढी बाख्रा मरेका छन् । दैनिकजसो बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् । कम्दी गाउँका मात्रै एक हजारभन्दा बढी बाख्रा मरिसकेको वडाध्यक्ष पर्शुराम बुढाथोकीले जानकारी दिए । बाख्राको पेट फुल्ने, मुखबाट ¥याल छोड्ने, पातलो दिसा गर्ने ज्वरो आउने र मर्ने गरेको किसान सुकमाया बोहोराको भनाइ थियो । “बाख्रा पालेरै...

अर्गानिक तरकारी भन्दै बिक्रि

काठमाडौं, ७ मंसिर । कृषि फ्रेसले बल्खुको होलसेलमा खरिद गरेको तरकारी उपभोक्तालाई अर्गानिक भनी बिक्रि गर्दै आएको पाइएको छ । उसले आफ्नै फार्ममा अर्गानिक तरकारी उत्पादन गरेको दाबी गर्दै उपभोक्तालाई बिक्री गर्दै आएको छ । कृषि फ्रेसले आफ्नो फार्ममा उत्पादन गरेका तरकारी काठमाडौंका विभिन्न १४ पसल आउटलेट बाट गर्दै आईरहेको छ । कृषि विकास बहुउदेश्यीय सहकारी संस्थामार्फत सञ्चालन भइरहेको कृषि फ्रेस...

दुई हजारको कोदो फल्ने बारीमा ६० हजारको सयपत्री

धादिङ – मध्य धादिङको होमस्टे गाउँको नामले चिनिने निलकण्ठ नगरपालिका वडा नम्बर –१, पात्लेमा व्यावसायिक सयपत्री फूल खेती गरिएको छ । आइतबार पत्रकारहरुको टोली गाएँ भन्ने ठाउँमा पुग्दा शेरबहादुर गुरुङ उहाँको परिवारसहित फूल टिपेर डोकोमा हाल्दै हुनुन्थ्यो । नजिकैका प्रेमबहादुर गुरुङ र लोकबहादुर गुरुङ पनि फूल टिपेर घरतर्फ लैजाँदै गरेको अवस्थामा भेटिनुभयो । सामाजिक अगुवा शेरबहादुर दुई हजारको कोदो फलाउन कठिन...

करोडौँ कमाउन सकिने बोधिचित ( विस्तृत जानकारी)

बोधिचित : बोधि + चित यी दुई शब्दहरु मिलेर बनेको छ । जसको अर्थ बोधि अर्थात स्वच्छ बुद्धि र चित अर्थात मन । यसको समग्र अर्थ भन्नुपर्दा स्वच्छ सफा मन र बुद्धिको लागि यो माला बहुउपयोगी हुने बौद्ध धर्मावलम्बीहरुको विश्वास मालाको जप गरेमा राम्रो लाभ हुने धार्मिक विश्वास रहेको छ । बोधिचित माला जति धेरै पुरानो हुँदैजान्छ, यसको रेखाहरुमा...

गोदावरीमा सुरू भयो पुष्प मेला

काठमाडाैं । गोदावरीमा फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । फूलको व्यवसायिक विकास, बिस्तार तथा प्रबर्द्धन गर्ने उदेश्यले प्रतियोगिता अायोजना गरिएको हो । जावलाखेलको खेल मैदान, ललितपुरमा सुरु भएको प्रदर्शनीको प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उदघाटन गरेका  हुन् । प्रदर्शनीबाट पुष्प व्यवसाय प्रवर्द्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातीय विकास हुने र गुणस्तरीय उत्पादनमा सहयोग...

इन्द्र सरोवरको योगदानः बिजुली र पर्यट

कुलेखानी ।  कुलेखानी जलाशय अर्थात् इन्द्रसरोवर । मानवनिर्मित यस तालले देशलाई उज्यालो पार्नमा योगदान त वर्षौंदेखि दिएको छ नै, त्यसमाथि यहाँ आइपुग्ने जो कोहीलाई पनि मनै उज्यालो पार्ने गरी शीतलता र शान्ति पनि दिँदै आएको छ । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी खोलामा निर्मित यस तालबाट कुलेखानी–१ जलविद्युत् आयोजना सञ्चालन गर्न सहयोग पुगेको छ भने ताल पर्यटकीय आकर्षणको केन्द्र पनि...

किसानसँग ३५ रुपैयाँमा किनेको काउली कालिमाटीमा ११० मा बिक्री !

काठमाडौं, ५ भदौं । कालिमाटी तरकारी बजारमा सोमबार दिनभर तनाव भयो । व्यापारीले चरम कालोबजारी गरेको सूचना पाएपछि मिर्मिरेमै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारी बजार अनुगमनमा पुगे । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको ठाडो निर्देशनमै अनुमगमन टोली पुगेको थियो । तर, विभागका अधिकृत दीपकराज पोखरेल नेतृत्वको उपभोक्ता अधिकारकर्मीको टोलीलाई अनुगमन सहज भएन । बजारका स्टलमा तरकारीको भाउ बुझ्दै...

छथरमा बसाइँ सर्नेलाई लाखौँको ईनाम !

तेह्रथुम, २१ साउन । तेह्रथुमको छथर गाउँपालिकाले बसाइँ सरेर आउने नागरिकलाई १ लाख रुपैयाँ इनाम दिने नीति लिएको छ । त्यतिमात्र नभई गाउँपालिकाले उनीहरुलाई ब्यावसायिक काम गरेमा ५ लाख रुपैयाँ अनुदान पनि दिने घोषणा गरेको छ । नेपालमै पहिलोपटक यस गाउँपालिकामा बसाइँ सरी आउने नागरिकलाई ब्यावसायिक अनुदान दिने कार्यक्रम तयार भएको अधिकारीहरुले जनाएका छन् । नागरिकलाई ब्यावासयिक तथा गाउँपालिकामा रहेको नागरिकलाई आर्थिक...

चितवनमा बड्फ्लूको आशंका, धमाधम मर्न थाले कुखुरा

चितवन – रत्ननगर नगरपालिका १५ माधवपुरस्थित लामिछाने कुखुरा फार्ममा एक सातामा तीन हजार सात सय भन्दा बढी कुखुरा मरेका छन् । त्यहाँ पालिएका पाँच हजार एक सय लोमेज जातको लेयर्स कुखुरामध्ये बिहीबार साँझसम्म चारवटा खोरका तीन हजार सात सय मरेका हुन् । चैत १५ गते बेलुका हावाहुरी अएपछि कुखुरा मर्न थालेको लामिछानेले बताए । त्यस दिन तीनवटा मरेका थिए, उनले भने, भोलिपल्ट...