दक्षिण कोरियाबाट ,हुनेवाला जीवन संगीनिलाई खुल्ला पत्र

अहिले फेसबुक ईमेल स्काईप अनि भाईबर देखि च्याट सम्म को जमानामा यो मेरो पत्रको कुनै अर्थ र मान्यता हुन्न होला । तर पनि यो मनका भाबनाहरु तिम्रो कल्पना अनि तिम्राे सम्झनामा तिमी सामु पस्कने कोशिस गदैछु । मानब जीवनको यो अनन्त यात्रामा जन्मे देखी मृत्यु सम्म बाँच्नका लागि कसैको साहरा चाँहिदो रहेछ । जन्म पश्चात बाल्याबस्था देखी लिएर किशोराबस्था...

जापान आएर धंगधंग गर्दै भए पनि,आफै हिँड्ने प्रयत्न गरेको मान्छे लडेको देखेको छैन

मैले मेरो जापान बसाइँमा यहाँ बाट गम्भीर किसिमले अध्ययन अनुसन्धान गरेर धेरै मान्छेलाई उपयोगी हुने सामग्री तयार गर्न त सकेको छैन तर आफ्नो नियमित कामबाट बँचेको समयमा आफैले देखेका भोगेका सानातिना अनुभवहरु कहिलेकाहिँ सेयर गर्ने गरेको छु । मैले लेखनलाई पेशा त बनाएको छैन । तर आत्मसन्तुस्टिको विषय चाहिँ बनाएको छु । आज फेरि मैले विभिन्न सन्दर्भमा विभिन्न मान्छेसँग...

के नेपालीले प्रवासमा राजनीति गर्नुको औचित्य छ ?

हामी हरेक नेपाली आफ्नो र परिवारको सुन्दर भविष्य निर्माण गर्ने अभिलाषालेआफ्नो आमाको काँख, परिवारको साथ र प्यारो जन्म भूमी छोडि विदेश आउन बाध्य छौं। हामीलाई विदेशिन बाध्य पार्ने प्रमुख कारक तत्व भनेको देशमा रोजगारीको अवसर नहुनु नै हो ।रोजगारीको अवसर नहुनुको कारक भनेको अहिले सम्म देशमा भएको राजनीतिक द्वन्द र त्यसले उत्पन्न गराएको अस्थिर राजनीतक व्यवस्था साथै सरकारको फितलो...

गाई काट्ने कुरा,धर्मनिरपेक्षताको गलत बुझाई

समिता केसी समृद्ध र विकसित राष्ट्र निमार्णको वेग्रगतीमा सरकार लागि रहेको बताउछ । सभ्य समाज निमार्णको लागि राज्य र आम नागरिकहरुमा उत्साहको नदि सुसाउदै बगि रहेको छ । तर दुःखका साथ भन्नुपर्छ । बोक्सीको आरोपमा नारीले हिँसाको भारी रुँदै रुँदै बोकिरहनु परेको छ । एउटा नारी बोक्सी बन्छ र पूरा समाज दर्शक बनेर तालि ठोक्छ । हामी यता सुन्दर देश र...

आफ्ना कलिला सन्तानको अन्त्य आँखै अगाडी र आँफुसंगै हुँदा कती ठुलो गुनासो छोडेर जान्छन होला जानेहरूले अल्लाहको नाम मा !

हामी मानव हौ, हामी बाचेको भुगोल एउटै हो, तर शक्तीको अहंतामा भुगोल र मानवता धेरै पटक निरिह बनेको छ। त्यसको पछील्लो कारूणीक दृष्य हो सिरिया। हेर्न नपरोस र देख्न नपरोस भन्ने मनको चाहाना हुँदा-हुँदैपनी देख्नु पर्छ। सामाजिक मेडिया प्रयोग नगरेर ती दर्दहरू नहेर्न पनी सकिन्थ्यो तर हामीले नहेर्दैमा दर्द्ध दर्द्ध नहुने होईनन, त्यसैले धेरै तस्वीरहरू हेरे र मनलाई दुख्नसम्म...

सिरिया संकटः समाधानको बाटो के ?

एजेन्सी सिरियामा मानवीय संकट दिनानुदिन बढ्दो छ । हालै सिरियाको पूर्वी गौटा क्षेत्रमा भएको आक्रमणमा परी अधिकांश अबोध बालबालिकासहित चार सयभन्दा बढी सिरियाली नागरिकको ज्यान गुमाए । बसर अल असद सिरियाली सत्तामा आएको सात वर्ष भयो । उनको आगमनसँगै सिरिया कहालिलाग्दो गृहयुद्धमा होमिएको छ । अहिलेसम्म पाँच लाखभन्दा बढी सिरियाली नागरिकले ज्यान गुमाइसकेका छन् । साँचो बोल्नुपर्दा, सिरियामा क्रुरता विजयी भइरहेको...

आमा जो, आफु हारेर, सन्तानको जीत रोज्छिन्

“जननी जन्मभूमिश्च :स्वर्गादपि गरीयसी” यस वाक्यमा भने जस्तै, आफूलाई जन्म दिने आमा भन्दा महान यो संसारमा कोही हुँदैनन् । आमा, जननी, जन्मदाता र कर्मदाता हुन् । जसले नौ महिनासम्म आफ्नो कोखमा राखेर यो सुन्दर संसार देखाउने, हुर्काउने, बढाउने, पढाउने लगायतका सम्पूर्ण जिम्मेवारीहरु पुरा गर्दै,एउटा पुर्ण व्यक्ति बनाउनुहुन्छ । आमा त्यो,शब्द हो, जुन आपत पर्ने बितिकै हरेक व्यक्तिले सबैभन्दा पहिले उच्चारण गर्दछ...

अर्धनग्न भैंसी नचाउने बेश्यालय महोत्सवहरु बन्द गरौ, बरु राजस्व असुल्ने देहव्यापार खोलौ

देशमा अचेल महोत्सवको चटारो बढेको छ । तिनै सिजनेवल महोत्सवहरुमा प्रस्तुति दिने देशका नग्न गहनाहरुको चर्चा पनि खुबै चलेको छ । जिउ डाल हेर्दा नत चट्टक मिलेको छ, बरु नाङ्गा भैंसी जस्तै देखिन्छन । गायको स्वर सुन्दा नत सुरिलो मनमोहक बनाउ छ, बरु बगेर्नो भैंसी कराएको जस्तो सुनिन्छ । नृत्य हेर्दा नत मनै लोभ्याउने अदायं छ, बरु नाङ्गो भैसी राँगा...

टेलिकमको यस्तो अफरः कुरा गर्दागर्दै पैसा सकिएपनि फोन नकाटिने

काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकको लागि ‘नमस्ते क्रेडिट सेवा’ सञ्चालनमा ल्याएको छ । प्रिपेड कार्ड बाहक ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिएमा पनि कुरालाई निरन्तरता दिन पाउने छन् । नेपाल टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा यस्तो सुविधा ल्याएको हो । सोमबार आयोजित वार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सेवाको सुरूआत गरे । वार्षिकोत्सवको अवसरमा सुरु गरिएको यो योजनाको...

राष्ट्रियसभाको अवमूल्यन : के कोमल वली योग्य छिन् ?

विष्णु रिजाल । दुई सदानात्मक संसदीय व्यवस्था भएका मुलुकमा राष्ट्रिय सभालाई वरिष्ठहरूको सभा (इल्डर्स हाउस) का रूपमा लिइन्छ । प्रतिनिधिसभामा राजनीतिक खिचातानी बढी हुन्छ, सरकार गठन–विघटनको खेल हुन्छ र ऐन–कानून बनाउँदा बढी ध्यान नजान सक्छ भनेर त्यसलाई सन्तुलनमा राख्न संसदीय व्यवस्थामा माथिल्लो सदनको व्यवस्था गरिएको हुन्छ । तर, नेपालमा बन्न लागेको राष्ट्रियसभाले भने त्यस मान्यतालाई ठाडै खण्डित गरेको छ । प्रदेशसभा...